Ad image

अखिल क्रान्तिकारी विद्यार्थी संगठनको २४ औँ जिल्ला सम्मेलन परिवर्तनमा सम्पन्न

malashree
malashree १५ माघ २०८०, सोमबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर,

मालश्री खबर, माघ १५ गते रोल्पा
अखिल क्रान्तिकारी विद्यार्थी संगठनको २४ औँ जिल्ला सम्मेलन परिवर्तनमा सम्पन्न भएको छ । “समाजवाद र समाजवादी शिक्षा प्राप्तिको हाम्रो आन्दोलन सुदृढ आत्म निर्भर संगठन गतिशील विचारको पक्षमा” भन्ने नाराका साथ २४ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

नेकपा अखिल क्रान्तिकारी विद्यार्थी संगठन पश्चिम रोल्पाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न (शनिबार) परिवर्तनमा भएको हो । अखिल क्रान्तिकारी विद्यार्थी संगठनका संयोजक चुडामणि के.सी सी को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा अखिल क्रान्तिकारी केन्द्रिय उपाध्यक्ष तथा नेकपाका केन्द्रिय सदस्य नरेन्द्र वि क रहनु भएको थियो भने विशिष्ट अतिथिमा नेकपाका केन्द्रिय सदस्य तथा रोल्पा पश्चिम जिल्ला इन्चार्ज सम्झना घर्ती सी रहनु भएको थियो ।

यस्तै अतिथिहरुमा नेकपा पश्चिम रोल्पा जिल्ला सेक्रेटरी सन्दिप वलि सी, अखिल क्रान्तिकारी केन्द्रिय सचिवालयसदस्य तथा त्रिवि ब्युरो इन्चार्ज अनिल के.सी सी, अखिल क्रान्तिकारी केन्द्रिय सदस्य तथा राष्ट्रिय ब्युरो इन्चार्ज राजेन्द्र खड्का सी, नेकपा पश्चिम रोल्पा जिल्ला समितीका सचिवालय सदस्य तथा परिवर्तन गाउँ कमिटिका इन्चार्ज पृथ्वी डाँगी सी, नेकपा पश्चिम रोल्पा सचिबालय सदस्य तथा मा.वि गाउँ कमिटि इन्चार्ज श्याम घर्ति सी, नेकपा पश्चिम रोल्पा जिल्ला सदस्य तथा युवा संगठन अध्यक्ष जय बहादुर घर्ती सी, नेकपा पश्चिम रोल्पा जिल्ला सदस्यहरु हिरालाल खड्का सी, भाइरति पुन सी, भक्त रिजाल सी, अन्जना बुढा सी, अखिल क्रान्तिकारी शिक्षक संगठन रोल्पाका सदस्य गोपाल बहादुर के.सी सी को आतिथ्यता रहेको थियो ।

- Advertisement -
Ad image

२४ औँ जिल्ला सम्मेलनमा माडी, गंगादेव र परिवर्तन गाउँपालिका भित्रका अखिल क्रान्तिकारी संगठनमा आवद्ध करिब १ सय २० बढि विद्यार्थीको सहभागिता रहेको थियो । सम्मेलनले पुनः चुडामणि के.सी सीको अध्यक्षतामा २३ सदस्य संगठन समिति गठन गरेको छ ।

अखिल क्रान्तिकारी परिवर्तन गाउँपालिका संगठनका उपाध्यक्ष नरेश खड्का सी को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारी परिवर्तन गाउँपालिका संगठनका सचिव दुर्गा प्रसाद विष्ट सीले गर्नु भएको छ ।

malashree

प्रतिक्रिया दिनुहोस्