Ad image

रोल्पामा खोरेत राेग विरुद्ध खोप अभियान सुरु

मालश्री खवर
मालश्री खवर १३ माघ २०८०, शनिबार
3 Min Read
Aa

मालश्री खबर, माघ १३ गते रोल्पा

रोल्पामा पशुमा लाग्ने खोरेत रोगविरुद्धको खोप अभियान सुरु गरिएको छ । भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाले जिल्लाका दशवटै स्थानीय तहमा पशुमा लाग्ने खोरेत रोगविरुद्धको तेस्रो चरणको खोप अभियान सुरु गरेको हो ।

भेटेरेनरी अस्पतालले शनिबार लिबाङमा खोरेत रोग विरुद्ध खोप अभियान अन्तर्गत भ्याक्सिनेटर अभिमुखिकरण कार्यक्रमको आयोजना गरी अभियान सुरु गरिएको जानकारी दिएको हो ।

- Advertisement -
Ad image

खोप अभियानका लागि जिल्लाका सबै स्थानीय तहमा २० जना खोपकर्ता परिचालन गरिएको छ । अभिमुखिकरण कार्यक्रममा खोपकर्ताहरुले कतिपय किसान र जनप्रतिनिधिले पशुमा खोप लगाउनु हुदैन भनि खोप लगाउन नदिएको गुनासो गरे । जनप्रतिनिधिले समेत असहयोग गर्दा समस्या हुने गरेको उनीहरुले बताए ।

भेटेरिनरी अस्पतालले तेस्रो चरणको अभियानमा ६२ हजार ७ सय बढी पशुमा खोप लगाउने लक्ष्य राखिएको छ । रोल्पामा पहिलो र दोस्रो चरणको अभियानमा ८० हजार पशुमा खोप लगाई सकेको भेटेरीनरी अस्तालले जनाएको छ ।

लुम्बिनी प्रदेश सरकारले रोल्पाको लागि ६२ हजार डोज खोप उपलब्ध गराएको छ । तर खोप लगाउनका लागि प्राप्त बजेट नहुँदा समस्या भएको भेटेरिनरी अस्पतालका प्रमुख डा. शंकर न्यौपानेले बताए । उनले भने, हामीसँग ३० हजार डोज खोप लगाउने बजेटको अभाव छ, स्थानीय तहहरुलाई जानकारी गराउँदा समेत यो विषयमा बेवास्ता गरेको उनले बताए ।

किसानका घरघरमै पुगेर गाई, भैँसी, भेडा, बाख्रा, बंगुर, सुँगुर लगायतका पशुलाई खोरेत रोगविरुद्धको खोप दिइने न्यौपानेले बताए ।

जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्यले खोप अभियानका लागि स्थानीय तहहरुले आवश्यक आर्थिक सहयोग गर्नुपर्ने बताएकी छन् । उनले भनि, जिल्लामा आएका खोपहरु खेर जान नदिनका लागि स्थानीय तहरुसँग आफुले सक्दो भूमिका खेल्लने बताएकी छन् ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले स्थानीय तहहरुसँग समन्वय गरी कामगरे खोप अभियान प्रभावकारी हुने बताए । जिल्लामा पशुपालनको राम्रो सम्भावना रहेकाले पशुलाई लाग्ने हरेक खालमा रोगविरुद्ध सचेतनाका कार्यक्रम जरुरी रहेको उनले बताए । घिमिरेले खोरेत रोग विरुद्धको खोप लगाउँदा किसानलाई क्षति नहुने गरी खोप लगाउन आग्रह गरेका छन् ।

कार्यक्रमा भेटेरिनरी अस्पतालका प्रमुख डा. शंकर न्यौपानेले खोरेत रोगका लक्ष्यण, रोकथाम र उपचार बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । भेटेरिनरी अस्पताल नायव पशुसेवा अधिकृत मतिलाल कवरले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पशुअधिकृत गिरबहादुर घर्तीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array