Ad image

जिल्ला स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लिबाङमा उद्घाटन

मालश्री खवर
मालश्री खवर १३ माघ २०८०, शनिबार
4 Min Read
Aa

मालश्री खबर, माघ १३ गते रोल्पा
जिल्ला स्तरीय दोस्रा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को शनिबार लिवाङको टुडिखेलमा उद्ध्घाटन भएको छ । जिल्ला खेलकुद विकास समिति रोल्पाको आयोजना र रोल्पा नगरपापालि रोल्पाको सह आयोजना तथा व्यवस्थापनमा प्रतियोगिता शुरु भएको आयोजकले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिएको छ ।

“राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने नाराका साथ प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा रोल्पा जिल्ला भित्रका १० वटा स्थानीय तहमासञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट उत्कृष्ट भएर पालिकाले छनोट गरि पठाएका खेलाडीहरुको सहभागी रहेको बताईएको छ ।

जिल्ला खेलकुद विकास समिति रोल्पाका अध्यक्ष मोलङ घर्तीको अध्यक्षतामा उद्घाटन भएको खेलकुद प्रतियोगिताको प्रमुख अतिथिमा संघिय सांसद तथा पूर्व अर्थमन्त्री वर्षमान पुनमगर रहनु भएको थियो । कार्यक्रमको विशिष्ट अतिथिहरुमा लुम्बिनी प्रदेश सभाका सदस्यद्धय जोख बहादुर महरा र दिपेन्द्र पुनमगर रहनु भएको थियो ।

- Advertisement -
Ad image

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद तथा पूर्व अर्थमन्त्री वर्षमान पुनमगरले जुनसुकै क्षत्रमा पनि सफल हुनको लागी अनुशासन आवश्यक पर्ने भएको हुनाले खेल खेल्दा अनुशासित भएर खेल खेल्न खेलाडीहरुलाई आग्रह गर्नु भएको छ । खेल जित्नु भन्दा पनि ठुलो कुरा अनुशासित बन्नु भएको बताउनु भएको छ । जिल्ला खेलक्षेत्रको बिकास गर्नको लागी जिल्ला भरका दश वटै स्थानिय सरकारहरुले खेलकुद क्षेत्रमा लगानी गर्नु पर्ने सुझाव दिनु भएको छ ।

खेल क्षेत्रको बिकास गर्नको लागी सबै स्थानिय सरकारहरुले लगानी गर्दा सकारात्कम ढंग बाट प्रतिशप्रधा गर्न सके मात्र थप बिकास हुने बताउनु भएको छ । हिजो आफु बाल्य बाल चप्पल लगाएरमा स्कुल गएको अनुभव सुनाउदै कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद तथा पूर्व अर्थमन्त्री वर्षमान पुनमगरले आज त्यो दिन नभएको बताउनु भएको छ । हिजो त्यो अवस्था बाट आएको व्यक्ति आज देशको बागडोर समाल्ने भएको अवस्थामा पुगेको बताउदैै पुनमगरले बिश्वको तुलनामा आज हाम्रो देशमा भनेको जस्तो बिकास नभएको भए पनि हिजोको भन्दा आज धेरैे भएको हुनाले भोलीको यो देशको नेतृत्व गर्न सक्ने आट लिएर अगाडी बढ्न समेत कार्यक्रममा सहभागी बिद्यार्थिहरुलाई आग्रह गर्नु भएको छ ।

कार्यक्रममा रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्ति, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे र जिल्ला खेलकुद बिकास समिती रोल्पाका पुर्ब अध्यक्ष जित बिक्रम मल्ल लगाएतले शुभकामना मनतव्य राख्नु भएको थियो ।

उद्धघाटन कार्यक्रममा बिभिन्न बिद्यालयका बिद्यार्थि भाईबहिनीहरुले आफ्नो नृत्य समेत प्रस्तुत गरेका थिए । आज देखि शुरु भएको रनिङ शिल्ड प्रतियोगिता यहि १६ गते सम्म संचालन हुने हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोलङ घर्तिले रेडियो मालश्री लाई जानकारी दिनुभएको छ । रनिङ शिल्ड प्रतियोगितामा छात्र छात्रा भलिवल, कपर्दी, एथ्लेटिक्स् लगायत जम्मा ६६ वटा स्वर्ण पदको लागी खेलाडीहरुको प्रतिस्पर्धा रहने समेत बताइएको छ ।

गत बर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पहिलो रोल्पा नगरपालिका, दास्रो त्रिबेणी गाँउपालिका र तृतिय सुनिलस्मृती गाँएपालिका भएका थिए ।
कार्यक्रमको अवसरमा थबाङमा रहेको बीर बलभद्र माध्यामिक बिद्यालयबाट छात्रबृत्तिमा बुढानिलकण्ठ स्कूल काठमाण्डौमा ए-लेभल पुरा गरी छात्रबृत्तिमै हाल अमेरीकामा रहेको हार्वर्ड विश्वविद्यालयमा स्नातक तह अध्यनरत थबाङ गाँउपालिका २ रोल्पाकी निरुपमा रोकामगरलाई जिल्ला समन्वय समन्वय समिती रोल्पाले कदर पत्रले सम्मान समेत गरेको छ ।

उद्धघाटन कार्यक्रममा जिल्ला स्थित बिभिन्न स्थानिय तहका प्रमुख उपप्रमुख, बिभिन्न राजनैतिक दलका प्रमुख प्रतिनिधी, सुरक्षा निकायका प्रमुख प्रतिनिधी, बिभिन्न सरकारी गैर सरकारी कार्यालयको प्रमुख प्रतिनिधी, पत्रकार, रेफ्री, खेलाडी लगाएतको आतिथ्यता रहेको थियो ।

जिल्ला खेलकुद विकास समिति रोल्पाका उपाध्यक्ष हेमन्त खत्रीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन जिल्ला खेलकुद विकास समिति रोल्पाका सदस्य सोम बहादुर घर्ति मगरले गर्नु भएको थियो ।

   

प्रतिक्रिया दिनुहोस्

Array