Ad image

रेडियो जलजलाको १४ औं बार्षिक साधारण सभा लिबाङमा उद्धघाटन

malashree
malashree १२ माघ २०८०, शुक्रबार
3 Min Read
Aa

मालश्री खबर, माघ १२ गते रोल्पा 
माण्डबी विकास बहुउदेश्यीय समाज विकास केन्द्रद्धारा सञ्चालित सामुदायिक रेडियो जलजलाको १४ औं बार्षिक साधारण सभाको उद्धघाटन कार्यक्रम शुक्रबार लिबाङ सम्पन्न भएको छ ।

सामुदायीक रेडियो जलजलाका संचालक समितीका अध्यक्ष मानसिंह बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीमा पुर्ब मन्त्री तथा प्रतिनिधी सभा सदस्य बर्षमान पुन रहनु भएको आयोजकले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिएको छ । कार्यक्रमको बिशिष्ट अतिथिमा लुम्बिनी प्रदेश सभा सदस्य तथा रेडियो जलजलाका निबर्तमान संचालक समितीका अध्यक्ष दिपेन्द्र कुमार पुनमगर रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बर्षमान पुनले नेपालको लागी चेतना र जागरणको मुख्य माध्यम भनेको रेडियो भएको बताउनु भएको छ । नेपाली रेडियोको नेपालमा आफ्नै प्रकारको इतिहास भएको बताउदै पुनले नेपाली रेडियोको इतिहास जनक्रान्ति र युद्ध सँग जोडीएको समेत बताउनु भएको छ ।

- Advertisement -
Ad image

जहिले पनि सञ्चार क्षेत्रले सत्य तथ्य र निश्पक्षताको भुमिका खेल्न सके मात्र त्यो सञ्चार माध्यम प्रति आम नागरिकहरुको बिश्वासको माध्यम बन्ने बताउदै पुर्ब मन्त्री पुनले सत्य तथ्य र निश्पक्षताको बाटोमा हिड्न समेत सुझाब दिनु भएको छ ।

पछिल्लो समय आम मानिसले सञ्चार माध्यम र सामाजिक सञ्जाललाई एउटै रुपमा हेर्दा र बुझ्दा पनि सञ्चार माध्यमको स्रोता र पाठक घट्नुको मुख्य कारण भएको बताउनु भएको छ ।

कहिल्यै पनि सञ्चार माध्यम र सामाजिक सञ्जाल एउटै हुन नसक्ने समेत आफ्नो धारणा राख्नु भएको छ । सामाजिक संजालमा आएका सबै कुराहरु आधिकारीक पनि नहुन सक्छन् तर सञ्चार माध्यमा आएको कुराहरु आधिकारीक हुने भएको कारणले पनि सबैले संचार माध्यमको स्रोतलाइ गम्भिरता लिउनु समेत पुर्ब मन्त्री पुनले बताउनु भएको छ ।

उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन, रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्ति, जिल्ला समन्वय समिती रोल्पाका उपप्रमुख कर्मलाल परियार, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगर, नेपाल रेडक्र सोसाइटी रोल्पा शाखाका सभापती तथा रेडियो मालश्रीका स्टेशन म्यानेजर डीबी घर्तिमगर, रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका अध्यक्ष नबिनलोचन मगर र गैर सरकारी संस्था महासंघ रोल्पाका सचिब ओम केसि लगाएतले आफ्नो शुभकामना मनतब्य राख्नु भएको थियो ।

कार्यक्रममा जिल्ला स्थित बिभिन्न राजनैतिक दलका प्रमुख प्रतिनिधी, सरकारी गैर सरकारी कार्यालयका प्रमुख प्रतिनिधी, पत्रकार, रेडियो संचाल समितीका सदस्य रेडियोका पुर्ब संचालक समितीका पदाधिकारीहरु लगाएतको आतिथ्यता रहेको थियो ।

रेडियोले आफ्नो १४ औं बार्षिक साधारण सभाको अवसर पारेर रेडियो स्थापना काल देखि हाल सम्म महत्वपुर्ण योगदान पु¥याउने ब्यक्तिहरु लगाएत रेडियोलाई सहयोग गर्ने सहयोगिदाताहरुलाई समेत प्रंससा पत्रद्धारा सम्मान गरिएको बताइएको छ ।

 

malashree

प्रतिक्रिया दिनुहोस्