Ad image

रोल्पामा फागुन १७ देखि तेस्रो रोल्पा महोत्सव लाग्ने

मालश्री खवर
मालश्री खवर १० माघ २०८०, बुधबार
3 Min Read
Aa

मालश्री खबर, माघ १० गते  रोल्पा  
रोल्पामा तेस्रो रोल्पा महोत्सव लाग्ने भएको छ । रोल्पा उद्योग बाणिज्य संघ रोल्पाको आयोजनामा तेस्रो रोल्पा महोत्सव संचालनन हुने रोल्पा उद्योग बाणिज्य संघ रोल्पाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

बुधबार रोल्पा सदरमुकाम लिबाङ स्थित रोल्पा उद्योग बाणिज्य संघको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि फागुन १७ देखि २६ गते सम्म सदरमुकाम लिबाङ महोत्सव संचालन गर्न लागेको महोत्सव मुल समारोह समितीका संयोजक तथा रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका अध्यक्ष केशब कुमार आचार्यले बताउनु भएको छ ।

महोत्सव संचालनका लागी एउटा मुल समारोह समिती र अन्य उपसमितीहरु गठन गरेको समेत बताउनु भएको छ । महोत्सवको मुल समारोह समितीमा १ सय ५१ सदस्य रहेने बताइएको छ । मुल समारोह समितीको सदस्यहरुमा जिल्ला भरका स्थानिय तहका पालिका देखि वडा समेतको जनप्रतिनिधीहरु र जिल्ला स्थित सबै कार्यालयका प्रमुखहरुलाई राखिने महोत्सव मुल समारोह समितीका संयोजक आचार्यले जानकारी दिनुु भएको छ । आचार्यका अनुसार महोत्सवको मुल समारोह समितीमा सदस्यको संख्यामा कोही छुटेको अवस्थामा थप्न सकिने समेत बताउनु भएको छ ।

- Advertisement -
Ad image

महोत्सव संचालनको लागी बिभिन्न उपसमितीका संयोजकहरु समेत तोकिएको पत्रकार सम्मेलन जानकारी गराइएको छ ।

उपसमितीको नेतृत्व बसन्ता आचार्यको नेतृत्वमा आर्थिक ब्यवस्थापन उपसमिती, दिपक श्रेष्ठको नेतृत्वमा सचिवालय, मञ्चतथा कार्यक्रम स्थल ब्यवस्थापन उपसमिती, विश्वकुमार चन्द नेतृत्वमा झाँकी जुलुस व्यवस्थापन उपसमिती, केशब कुमार आचार्यको नेतृत्वमा स्टल बुकिङ-निर्माण-व्यवस्थापन उपसमिती, अशोक आचार्यको नेतृत्वमा आवास,भोजन तथा अतिथि सत्कार उपसमिती, रमेश अधिकारीको नेतृत्वमा नगर सफाइ सजावट तथा स्वागत द्वार व्यवस्थापन उपसमिती, सुमन आचार्यको नेतृत्वमा स्वास्थ्य उपचार तथा आकस्मिक स्वास्थ्य सेवा व्यवस्थापन उपसमिती, रञ्जु पोख्रलको नेतृत्वमा सोभायात्रा व्यवस्थापन उपसमिती, कृषि ज्ञान केन्द्र रोल्पाको नेतृत्वमा कृषि तथा औद्येगीक प्रर्दशनी उपसमिती, विशेष घर्ती क्षेत्रीको नेतृत्वमा यातायात, सुरक्षा उपसमिती, राजेन्द्र कक्षापतीको नेतृत्वमा पुरस्कार, प्रमाण–पत्र,स्मारिका प्रकाशन तथा डकुमेन्ट्री निर्माण उपसमिती, किशोर कुमार आचार्यको नेतृत्वमा अनुगमन मूल्याङ्कन तथा समन्वय उपसमिती, घरेलु कार्यालयको नेतृत्वमा उद्यमी, स्थानीय उत्पादन तथा हस्तकला व्यवस्थापन उपसमिति, गैसस महासंघ रोल्पाको नेतृत्वमा संघ संस्था समन्वय उपसमिती, कमल घर्तीमगरको नेतृत्वमा विज्ञापन संकलन उपसमिती, मिलन रोका मगरको नेतृत्वमा सांस्कृतिक कार्यक्रम उपसमिती, साजनकुमार थापाको नेतृत्वमा टिकट व्यवस्थापन उपसमिती, नविन लाचेन मगरको नेतृत्वमा प्रचार प्रसार तथा संचार उपसमिती, महाविर राणाको नेतृत्वमा राजनीति समन्वय समिति र शिवराज आचार्यको नेतृत्वमा विद्युत पानी शौचालय व्यवस्थापन उपसमिती गठन गरिएको समेत पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

१ सय २० बढि स्टल रहने महोत्सवमा मुख्य आर्कषनको रुपमा स्थानिय कृषि उत्पादन, पर्यटन, व्यापार, उद्योग, स्थानिय मौलिक कला-संस्कृति, शैक्षिक प्रदर्शनी, स्वास्थ्य सम्बिन्धी चेतनामूलक प्रदर्शनी लगायतका स्टलहरु रहने बताइएको छ ।

महोत्सव मुल समारोह समितीका संयोजक तथा रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका अध्यक्ष केशब कुमार आचार्यको अध्यक्षतामा भएको पत्रकार भेतघाट कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगर, संस्थापक अध्यक्ष काशिराम डाँगी, पुर्ब अध्यक्ष खेमबहादुर बुढामगर, निबर्तमान अध्यक्षहरु महेश न्यौपाने र मानसिंह बिश्वकर्मा, बर्तमान उपाध्यक्ष खुबिना सुनारी मगर, सचिव लोकेन्द्र चन्द लगाएत जिल्ला स्थित बिभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजिकरण महोत्वस मुल समारोह समितीको संयोजक भोलानाथ आचार्यले गर्नु भएकोे थियो ।

प्रतिक्रिया दिनुहोस्

Array