Ad image

वर्तमान राष्ट्रिय संकट र निकासको मार्ग विषयक अन्तरक्रिया सुलिचौरमा सम्पन्न

मालश्री खवर
मालश्री खवर १० माघ २०८०, बुधबार
3 Min Read
Aa

मालश्री खबर, माघ १० गते सुलिचौर रोल्पा ।

वर्तमान राष्ट्रिय संकट र यसको निकासको मार्ग विषयक अन्तरक्रिया कार्यक्रम सुलिचौरमा सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी सुनिलस्मृति गाउँ कमिटीको आयोजना र विभिन्न व्याक्तित्वहरूको सहभागीतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी पुर्वी रोल्पा सेक्रेटरी एनान सी को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेकपा केन्द्रीय सदस्य तथा राप्ती ब्युरो ईन्चार्ज सविन सी रहनुभएको थियो ।

- Advertisement -
Ad image

   

वर्तमान राष्ट्रिय संकट र यसको निकासको मार्ग विषयक अवधारणा पत्र नेकपा केन्द्रीय सदस्य मिनराज सी ले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनु भएका नेकपा केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सविन सी ले देश परिवर्तन गर्नको लागि समाजवादी व्यवस्था तर्फ उन्मुख हुनुपर्ने बताउनु भयो । अहिले देश दलल पुजीवादको कारण संकटमा परेको बताउनु भयो । अहिले देश आर्थिक रूपमा खस्किएको छ उहाँले भन्नुभयो देशलाई आर्थिक रूपमा सम्पन्न बनाउन कृषि क्रान्ति आवश्यक छ ।

देशलाई उत्पादन तर्फ जोड्नुपर्ने उहाँको भनाई रहेको थियो ।देशको आर्थिक संकट निकासीको लागि राजनितज्ञहरूले पनि राजनीतिसंगै उत्पादन तर्फ लाग्नुपर्ने उहाँको भनाइ रहेको थियो ।

देशको विकासको लागि राज्यले विभिन्न सम्झौता गर्नु उपयुक्त भएको बताउदै विकासको नाममा राष्ट्रिय स्वाधीनता माथि हमला गर्न नहुने उहाँको भनाइ रहेको थियो । उहाँले सरकारले एमसीसी सम्झौता गरेर राम्रो नगरेको उल्लेख गर्दै यसलाई कुनैपनि हालतमा कार्यान्वयन गर्न नदिने भनाइ राख्नु भयो ।

अवको शिक्षा सिपमूलक हुनुपर्ने समाजसेवी शालिग्राम सुवेदीले बताउनु भयो । देशको व्यवस्था ठिक भए अवस्था किन यस्तो भएको छ रु उहाँले प्रश्न गर्नु भयो । वर्तमान अवस्थाको बारेमा अवधारणा पत्र जनतासंग पुर्याउनु पर्ने उहाँको भनाइ रहेको थियो । सबै राजनैतिक दल दलिय स्वार्थबाट माथी उठेर काम गर्नुपर्ने बताउनु भयो ।

देशको वर्तमान अवस्थाको राष्ट्रिय संकट अन्त्यका लागि कुनै दलगत रुपमा नभएर सबै एक ठाउँमा लाग्नुपर्ने नेपाली काङ्ग्रेस सुनिलस्मृति गाउँपालिका सभापति आशिष गिरीले बताउनु भएको थियो । उहाँले मान्छे युवा भएर मात्र नभइ सोच युवा हुनुपर्ने धारण राख्नु भएको थियो ।

कार्यक्रम बोल्ने अधिकांश अतिथिहरूले देशको वर्तमान सुहाउँदो परिवेश अनुसारको अन्तरक्रिया भएको बताएका थिए । देश समृद्धि तर्फ जान देशको आर्थिक संकटले बाधा पुराएअको बताएका थिए ।

नेकपा केन्द्रीय प्रतिनिधि सदस्य कुमार सी को स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन नेकपा सुनिलस्मृति इन्चार्ज प्रदीप सी ले गर्नु भएको थियो ।

कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, समाजसेवी, लगाएतको सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array