Ad image

लिबाङको एक मासु पसलबाट अखाद्य मासु जफत गरी नष्ट

मालश्री खवर
मालश्री खवर १० माघ २०८०, बुधबार
2 Min Read
Aa

मालश्री खबर, माघ १० गते रोल्पा /

लिबाङको एक मासु पसलबाट अखाद्य मासु जफत गरी नष्ट गरिएको छ ।

हिजो (मंगलबार) रोल्पा नगरपालिका २ सात्तालेमा रहेको पेरिस मासु पसलबाट साढे बाइस किलो अखाद्य मासु जफत गरी नष्ट गरिएको हो ।

मासु पसलमा मापदण्ड बिपरीत पसु वध गरिरहेको भन्ने सुुचनाको आधारमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पा, जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला प्रहरी रोल्पाको शक्रियतामा उक्त अखाद्य मासु जफत गरी नष्ट गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका प्रमुख डा. शङ्खर न्योपानेले मालश्री खबरलाई जानकारी दिनुभएको छ ।

- Advertisement -
Ad image

‘यस अगाडी पनि खुल्ला ठाउँ र मापदण्ड विपरित मासु बिक्री गरिरहेको पेरिस मासु पसलका संचालकलाई सुरक्षित, मापदण्ड पालना गरेर पशु बध गर्न भनिएको थियो । यस्कालागि अभिमुखिकरण तालिम पनि प्रदान गरेको थियौ । पटक पटक खुला असुरक्षित ठाउँमा मासु बध नर्गन भनेको नमानेर नियम बिपरित गरेको पाइएकोले जफत गरी नष्ट गरिएको प्रमुख डा. शङ्खर न्योपानेले बताउनुभयो ।’

जफत गरिएको मासु जिल्ला प्रशासन कार्यालय रोल्पाका अम्मर केसी, घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका प्रेमबहादुर विष्ट, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब निरीक्षक लेखा कार्की लगायतको रोहबरमा नष्ट गरिएको भेटेरिनरी अस्पतालले जनाएको छ ।

 

त्यस्तै आज (बुधवार) बिहान खुला ठाउँमा मासु काटिरहेको अवस्थामा प्रहरीले एक जनालाई सोधपुछको लागि जिल्ला प्रहरी कार्यालयमा लगेको छ ।

लिबाङ बजार जिल्ला प्रशासन कार्यालयको नजिकै लालु किराना पसलमा आज बिहान खुला ठाउँमा मासु काटिरहेको भन्ने सूचनाको आधारमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र जिल्ला प्रहरी कार्यालय रोल्पाले अनुगमन गर्दा मापदण्ड बिपरित रहेको भन्दै आवश्यक जानकारी र सोधपुछको लागि जिल्ला प्रहरी कार्यालय रोल्पामा लगिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका प्रमुख डा. शङ्खर न्यौपानेले जानकारी दिनुभयो ।

लालु किराना पसलमा यो पहिलो पटक मापदण्ड बिपरित मासु काटेको सूचना पाइएकोले पहिलो पटकका लागि मासु जफत गरिएको छैन । पहिलो पटकमा नियम विपरित गरेको हुदा लालु किराना पसलका संचालन ईश्वर प्रसाद सर्मालाई आवश्यक जानकारी सम्झाई बुझाइको लागि जिल्ला प्रहरी कार्यालय रोल्पामा लगिएको डा. शङ्खर न्यौपानेले मालश्री खबरलाई जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array