Ad image

ग्रीनवीच भलिबल परिवार युके लण्डनको तेस्रो अधिबेशन सम्पन्न

malashree
malashree ८ माघ २०८०, सोमबार
1 Min Read
Aa

मालश्री खबर, माघ ८ गते रोल्पा

ग्रीनवीच भलिबल परिवार युके लण्डनको तेस्रो अधिबेशन सम्पन्न भएको छ । सोमबार लण्डन युकेमा भएको अधिवेशनबाट रबीन्द्र रोका मगर अध्यक्षमा १६ सदस्य नँया कार्य समिती चयन गरिएको छ ।

जसको उपाध्यक्षमा कुमार गुरुङ र सरला रोका मगर हुनभएको छ । यस्तै महासचिबमा उमेश चन्द ठकुरी सचिबहरुमा अमर गुरुङ, इच्छा थापा र रस्मी गिरी, कोषाध्यक्षमा गिरी बहादुर पुन, सहकोषाध्यक्षमा विजय थापा सदस्यहरुमा जमुना राना मगर गंगा गुरुङ डोर घर्ती, मिन गुरुङ, मधु थापा, निर्मल थापा, मनोज गुरुङ , जीत पुन, हर्क गुरुङ हुनु भएको छ ।

- Advertisement -
Ad image

टिम म्यानेजरमा जीवन गुरुङ हुनभएको छ भने अन्य विधागत तर्फ व्यवस्थापन संयोजकमा अनिल गुरुङ, सह संयोजकमा जीवन थापा, महिला संयोजकमा गौरी थापा, युवा संयोजकमा चन्द्रमान पुन, सह युवा संयोजकमा बसन्त पौडेल र महिला टिममा क्याप्टेन सुष्मा बुढाथोकी निर्वाचित हुन भएको छ ।

अधिवेशन बाट भलिबल परिवारको संरक्षकहरुमा बिनोद ज्ञवाली र सल्लाहकारहरुमा कमल राना मगर, कर्मा पहाडी शेर्पा, खड्क रेस्मी मगर, राज कटुवाल, संजयदेब श्रेष्ठ र राम कुमार थापा चयन हुनु भएको रेडियो मालश्री र मालश्री खबरलाई ग्रीनवीच भलिबल परिवार युके लण्डनले जानकारी दिएको छ ।

malashree

प्रतिक्रिया दिनुहोस्