Ad image

रोल्पामा युवाले चलाए, युवा सरकार

मालश्री खवर
मालश्री खवर ८ माघ २०८०, सोमबार
2 Min Read
Aa

मालश्री खबर, माघ ८ गते रोल्पा

नेपालमा राष्ट्रिय युवा नीति २०७२ ले १६ देखी ४० वर्ष उमेर समुहका व्यक्तिहरुलाई युवाको रुपमा परिभाषित गरेको छ । पछिल्लो जनगणना अनुसार नेपालमा कुल जनसंख्याको ४०/५६ प्रतिशत युवाहरुको जनसंख्या रहेको छ ।

यसरी नेपालमा युवा नीति जारि पश्चात् सो ले अख्तियार गरेका नीति कार्यन्वयनका लागि नेपाल सरकार राष्ट्रिय युवा परिषद्ले युथ भिजन २०२५ जारि गरि कार्यन्वयनको अन्तिम चरणमा छ । जसले नेपालमा युवा विकासका लागि पाँच वटा आधार स्तम्भहरुमा आधारित रहेर गतिविधि सञ्चालन गर्दै आएको छ । जसमध्ये ञयुवा परिचालन, सहभागिता र परिचालन अन्तर्गत राष्ट्रिय युवा परिषद्ले देशैभरि एक वर्षमा एक जिल्ला, एक स्थानीय तह छनोट गरि कार्यक्रम वार्षिक रुपमा सञ्चालन गर्दै आएको छ ।

यो वर्ष रोल्पा जिल्लाको सुनछहरी गाउँपालिका युवा संसद अभ्यास कार्यक्रमका लागि छनोट भएको थियो । युवा संसद अभ्यास कार्यक्रम २०८० र १० र ०५ देखि २०८० र १०र०८ सम्म सञ्चालन भएको थियो । जसमा वडा तहका युवा क्लवका प्रतिनिधिहरुको वडाको सिफारिसमा सहभागिता रहेको थियो । सो अभ्यास कार्यक्रममा युवाहरुले सुनछहरी गाउँपालिकाको नमुना अध्यक्ष, उपाध्यक्ष तथा आवश्यक कार्यपालिकाका सदस्यहरुको निर्वाचन गरि गाउँ सभाको अभ्यास मार्फत नमुना स्थानीय कानुन निर्माण, नीति कार्यक्रम तथा बजेट सभामा प्रस्तुत, छलफल तथा परिमार्जन सहित पारित गरेका थिए । जसको सहजीकरण राष्ट्रिय युवा परिषद्का केन्द्रिय प्रशिक्षक युवराज खड्का र लुम्बिनी प्रदेश युवा परिषद्का कार्यकारी सदस्य सरोज खनालले गरेका थिए ।

- Advertisement -
Ad image

पालिका अध्यक्ष धन वहादुर पुनले युवाले यसरी नमुना रुपमा स्थानीय तह वास्तविक सभा भन्दा सभ्य रुपमा सञ्चालन गरेकोमा खुसि व्यक्त गरेका थिए । युवाहरुले गाउँ सभा मार्फत समग्र सुनछहरी गाउँ विकासको युवाहरुले तयार पारेको योजनाको खाका समेत प्रस्तुत गरेका थिए । यस अवसरमा युवाहरुले युवा सरकार सञ्चालनको अतिरिक्त युवा मैत्री नीति, योजना र कार्यक्रम निर्माणका लागि आवश्यक गतिविधिहरुमा समेत सामेल भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

Array