Ad image

रोल्पाका १० वटै स्थानीय तहमा राष्ट्रपति रनिङ सिल्ड सम्पन्न

मालश्री खवर
मालश्री खवर ८ माघ २०८०, सोमबार
2 Min Read
Aa

मालश्री खबर, माघ ८ गते रोल्पा

रोल्पाका १० वटै स्थानीय तहमा राष्ट्रपति रनिङ सिल्ड सम्पन्न भएको छ ।

आज माडी गाउँपालिकाले सिल्ड समापन गरे संगै रोल्पाका सबै स्थानीय तहमा यो वर्षको राष्ट्रपति रनिङ सिल्डका खेलहरु सम्पन्न भएका हुन् ।

रोल्पा नगरपालिकामा कुल ६६ स्वर्ण मध्य ३४ स्वर्ण प्राप्त गरि बालकल्याण नमुना मावि लिबाङ प्रथम, १९ स्वर्ण प्राप्त गरि मावि खुमेल द्धितिय भएको छ ।

- Advertisement -
Ad image

सुनिलस्मृति गाउँपालिकामा कुल ६६ स्वर्ण मध्य ३४ स्वर्ण प्राप्त गर्दै जनज्योति मावि गजुलकोट प्रथम, १० स्वर्ण प्राप्त गर्दै सूर्योदय मावि सुलिचौर द्धितिय भएको छ ।

परिवर्तन गाउँपालिकामा कुल ६६ स्वर्ण मध्य २३ स्वर्ण प्राप्त गर्दै जनसेवा नमूना मावि राङसी प्रथम, २२ स्वर्ण प्राप्त गरि बालकल्याण मावि कुरेली द्धितिय भएको छ ।

लुङ्ग्री गाउँपालिकामा कुल २८ स्वर्ण मध्य ८ स्वर्ण प्राप्त गरि गोकुल मावि लुङ्ग्री प्रथम, ६ स्वर्ण प्राप्त गरि मावि धाराखर्क सिर्प द्धितिय भएको छ ।

त्रिवेणी गाउँपालिकामा कुल ६६ स्वर्ण मध्य ३७ स्वर्ण प्राप्त गरि जनजागृति नमुन मावि जुगार प्रथम, ११ स्वर्ण प्राप्त गरि अरनिको मावि नुवागाउँ द्धितिय भएको छ ।

थबाङ गाउँपालिकामा कुल ५४ स्वर्ण मध्य ४४ स्वर्ण प्राप्त गरि वीर बलभद्र मावि थबाङ प्रथम, ६ स्वर्ण प्राप्त गरि भानुभक्त मावि उवा द्धितिय भएको छ ।

गंगादेव गाउँपालिकामा कुल ३० स्वर्ण मध्य १३ स्वर्ण प्रप्त गरि सिद्धार्थ राष्ट्रिय मावि घोप्टेओढार प्रथम, ५ स्वर्ण प्राप्त गरि राष्ट्रिय मावि ओत द्धितिय भएको छ ।

सुनछहरी गाउँपालिकामा कुल २६ स्वर्ण मध्य ६ स्वर्ण प्राप्त गरि नेपाल राष्ट्रिय मावि सुनछहरी प्रथम, ४ स्वर्ण प्राप्त गरि मावि पोबाङ द्धितिय भएको छ ।

रुन्टीगढी गाउँपालिकामा कुल २८ स्वर्ण मध्य १५ स्वर्ण प्राप्त गरि महेन्द्र मावि होलेरी प्रथम, ६ स्वर्ण प्राप्त गरि भिमसेन मावि सैबाङ द्धितिय भएको छ ।

र माडी गाउँपालिकामा कुल ४२ स्वर्ण मध्य १३ स्वर्ण प्राप्त गरि कृष्ण मावि घर्तिगाउँ प्रथम, ११ स्वर्ण प्राप्त गरि नेरामावि तालाबाङ द्धितिय भएको छ ।

रोल्पा जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड जिल्ला खेलकुद विकास समिति रोल्पाको आयेजनामा माघ १३ गते देखी रोल्पाको सदरमुकाम लिबाङमा संचालन हुन लागेको जिल्ला खेलकुद विकास समिति रोल्पाले मालश्री खबरलाई जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array