Ad image

गंगादेवबाट तुलसीपुर जाँदै गरेको जीप दुर्घटना, २ जना घाइते

मालश्री खवर
मालश्री खवर ८ माघ २०८०, सोमबार
1 Min Read
Aa

मालश्री खबर माघ ८ गते रोल्पा । स्रोत जनसहारा

रोल्पाबाट तुलसीपुर जादै गरेको जीप टिप्परसंग ठोकिदा २ जना घाइते भएका छन ।

गंगादेव गाउँपालिका बाट तुलसीपुर जाँदै गरेको लु १ ज १६३७ नम्बरको जिप र दाङ बाट रुकुम पश्चिम झुल्नेटा जादै गरेको रा १ क १५६६ नम्बरको टिप्पर राप्ती राजमार्ग अन्तर्गत दाङ –सल्यान खण्ड स्थित दाङको तुलसीपुर –३ लाटी भिरमा एक आपसमा ठक्कर खादा जीप सडक छेउमा पल्टिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घाइते हुनेमा रोल्पा गंगादेव गाउँपालिका –५ का ६० वर्षीय अत्तर सिंह केसी र तुलसीपुर उपमहानगरपालिका –९ का ४२ वर्षका वेद प्रसाद बस्नेतको टाउकोमा चोट लागेको र घाइते दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवचन्द्र मल्लले बताए ।

- Advertisement -
Ad image

हिजो दिउँसो करिब २ बजेतिर दुर्घटना भएको हो । दुबै गाडी र चालकलाई अस्थायी प्रहरी पोष्ट गोटीखोले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array