Ad image

रोल्पामा युवकहरुबीच कुटाकुट हुँदा, एक जना गम्भिर घाइते

मालश्री खवर
मालश्री खवर ७ माघ २०८०, आईतवार
1 Min Read
Aa

मालश्री खबर, माघ ७ गते रोल्पा
रोल्पामा युवक बीच कुटाकुट भएको छ । रोल्पा नगरपालिका २ बिचबजारका याम बहादुर बाँठाले सञ्चालन गरेको पुल हाउसमा स्नोकर खेल्ने क्रममा विवाद हुदाँ युवाहरु बीच कुटाकुट भएको हो । रोल्पा नगरपालिका वडा न. २ लिबाङ निवासी लिसाङ आचार्य माथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय रोल्पा प्रहरीले जनाएको छ ।

पुल हाउसमा स्नोकर खेल्ने क्रममा विवाद भए पछि आफ्नै साथिहरुबाट आचार्य कुटिएको समेत प्रहरीले जानकारी दिएको छ ।

कुटपिटमा संलग्न भएका रोल्पा नगरपालिका २ निवासी २२।२३ वर्षिय प्रकाश घर्ति, रोल्पा नगरपालिका २ कै २० वर्षिय सन्तोष रिजाल र रोल्पा नगरपालिका ४ लोकतान्त्रिक चोक निवासी १८ वर्षिय दिबिन श्रेष्ठ लाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक तथा सुचना अधिकारी देबिराम भण्डारीले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिनु भएको छ ।

कुटपिटबाट घाईते भएका आचार्यको रोल्पा अस्पताल रेउघामा सामान्य उपचार पश्चात उनलाई थप उपचारको लागि नेपालगंज रिफर गरिएको रोल्पा अस्पतालले जानकारी दिएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array