Ad image

रोल्पाका एक किशोरको रुकुम पश्चिममा धारिलो हतियार प्रहार गरि हत्या

मालश्री खवर
मालश्री खवर ७ माघ २०८०, आईतवार
1 Min Read
Aa

७ माघ २०८०, आइतबार

रोल्पाका एक किशोरमाथि रुकुम पश्चिममा धारिलो हतियार प्रहार भएको छ ।

मुसिकोट नगरपालिका वडा नम्बर ११ काफलडाँडाका ३२ वर्षीय चन्द्रबहादुर पुनले रोल्पाको परिवर्तन गाउँपालिका पाछाबाङका १४ वर्षीय निर्मल डाँगीलाई धारिलो हतियार प्रहार गरि हत्या गरेकोे र मुसीकोट नगरपालिका (११ का सुकलाल पुनलाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

निर्मल सुतिरहेको कोठामै गएर पुनले खुकुरी प्रहार गरि हत्या गरेको खुलेको थियोे। उनको मानसिक सन्तुलन ठिक नभएको स्थानीयले बताएका छन। उनलाई प्रहरीले नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल सल्ले पठाएको छ। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

- Advertisement -
Ad image

स्रोत ः जनसहारा अन्लाईन

प्रतिक्रिया दिनुहोस्

Array