Ad image

सुनछहरी ५ मा जेष्ठ नागरिक तथा पूर्ण अपाङ्ग व्यक्तिलाई स्वास्थ चेकजाँच र न्यानो कपडा वितरण

मालश्री खवर
मालश्री खवर ७ माघ २०८०, आईतवार
1 Min Read
Aa

मालश्री खबर, माघ ७ गते रोल्पा/

सुनछहरी गाउँपालिका ५ नम्बर वडा कार्यालयले जेष्ठ नागरिक तथा पूर्ण अपाङ्ग व्यक्तिहरुको स्वास्थ चेकजाँच सँगै न्यानो कपडा वितरण गरेको छ ।

सुनछहरी गाउँपालिका वडा न. ५ कार्यालयले वडा भित्रका जेष्ठ नागरिक तथा पूर्ण अपाङ्ग व्यक्तिहरुलाई आर्थिक बर्ष २०८०/०८१ को वार्षिक स्वीकृत अनुसार जेष्ठ नागरिकको स्वास्थ्य चेकजाँच सँगै न्यानो कपडा वितरण गरिएको ५ नम्बर वडा कार्यालयले जानकारी दिएको छ ।

आज घरमा नै पुगेर ३ जना पुर्ण अपाङ्ग र ४४ जना जेष्ठ नागरिक गरी जम्मा ४७ जनाको स्वास्थ्य परिक्षण संगै न्यानो कपडा वलाङ्केट वितरण गरिएको सुनछहरी गाउँपालिका वडा न. ५ का वडा सचिव नवराज रोकाले रेडियो मालश्रीलाई जानकारी दिनुभएको छ ।

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्

Array