Ad image

सेवालाई प्रभावकारी बनाउन सुनिलस्मृतिमा कार्यसम्पादन करार सम्झौता

मालश्री खवर
मालश्री खवर ६ माघ २०८०, शनिबार
1 Min Read
Aa

मालश्री खबर, सुलिचौर रोल्पा।

सुनिलस्मृति गाउँपालिकामा कार्यरत शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृत बिच कार्यसम्पादन करार सम्झौता भएको छ ।

एक आर्थिक वर्षमा गरिने कार्यको प्रतिवेदन सम्बन्धित शाखा प्रमुखले प्रमुख प्रशासकीय अधिकृत र प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिका अध्यक्ष समक्ष सम्झौता गरिएको सुनिलस्मृति गाउँपालिकाको सचिवालयले जनाएको छ ।

दुई पक्षबिच भएको कार्यसम्पादन करार सम्झौताको कार्यप्रगतिलाई कार्यसम्पादन मूल्याङ्कनको आधार मानिने प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताउनु भयो ।

- Advertisement -
Ad image

सुनिलस्मृति गाउँपालिकामा गत आर्थिक वर्षदेखि शाखा प्रमुखले प्रमुख प्रशासकीय अधिकृत समक्ष र प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिका अध्यक्ष समक्ष कार्यसम्पादन करार सम्झौता गर्ने कार्य सुरु भएको हो । गाउँपालिकाबाट हुने सम्पूर्ण सेवा प्रवाहलाई प्रभावकारी बनाउन एक आपसमा कार्यसम्पादन करार सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ ।

 

तस्विरः सहयाक कम्प्युटर अपरेटर दुर्योधन महरा र प्रमुख प्रशासकीय अधिकृत बिच गरिएको सम्झौता

प्रतिक्रिया दिनुहोस्

Array