Ad image

माडी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता उद्वघाटन

मालश्री खवर
मालश्री खवर ५ माघ २०८०, शुक्रबार
2 Min Read
Aa

मालश्री खबर, माघ ५ रोल्पा ।

माडी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्वघाटन गरिएको छ ।

माडी गाउँपालिका खेलकुद विकास समितिको आयोजना र माडी गाउँपालिकाको व्यवस्थापनमा घर्तिगाउँको कृष्ण माध्यामिक विद्यालयको प्राङ्गणमा आज (शुक्रबार) बाट गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ सिल्ड उद्वघाटन भएको माडी गाउँपालिकाले जानकारी दिएको छ ।

‘राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ आज देखी अबको ३ दिन सम्म सिल्ड संचालन हुने बताइएको छ ।

- Advertisement -
Ad image

सिल्डका प्रतियोगितात्मक खेलमा माडी गाउँपालिका भित्रका ७ वटा माध्यामिक विद्यालयका विद्यार्थीहरु सहभागी रहेका छन् ।

माडी गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष ललित घर्तिको अध्यक्षतामा सुरु भएको उद्वघाटन कार्यक्रमको प्रमुख अतिथिमा पुर्व अर्थ मन्त्री तथा संघिय सांसद वर्षमान पुन ‘अनन्त’ को प्रमुख आतिथ्यता रहेको थियो ।उद्वघाटन कार्यक्रमका प्रमुख अतिथि तथा संघिय सांसद पुनले स्वास्थ्य, शिक्षा संगै खेलकुद जिवनमा आवश्यक रहेको हुदा अझै विद्यार्थी जीवनमा अति आवश्य रहेको बताउनु भएको थियो ।

आजको १०–१५ वर्ष पहिले रोल्पाका केही स्थानमा टाढाबाट नुन बोकेर खाने अवस्थामा देशमा लोकतन्त्र संगै संघिय प्रणालीमा आए संगै देशमा परिवर्तन आए संगै रोल्पामा पनि विकास भएको जिकिर गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि तथा लुम्बिनी प्रदेश सांसद दिपेन्द्र कुमार पुन ‘सिजल’ ले खेलमा जित हासिल गर्नु मात्र सफलता नभएर सहभागी हुदा मात्र पनि धेरै कुरा सिक्न सकिने बताउनु भएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथिमा लुम्बिनी प्रदेश सांसद दिपेन्द्र कुमार पुन सिजल, रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्ति अतिथीहरुमा माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगर, माडी गाउँपालिका उपाध्यक्ष जुनमाया घर्तिमगर, नेकपा एमाले प्रदेश कमिटी सदस्य प्रेम घर्तिमगर, नेपाली कांगे्रस रोल्पाका पुर्व सभापती कृष्णबहादुर घर्तिमगर, त्रिवेणी गाउँपालिका अध्यक्ष कर्णबहादुर बाँठामगर, परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुढामगर लगायत कार्यक्रममा उपस्थित रहेको थियो ।

माडी गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव चन विक्रम घर्तिमगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन माडी गाउँपालिकाका कर्मचारी विरसिङ वलीले गर्नु भएको हाम्रा सहकर्मी सुर्य प्रकाश बुढा मगरले जानकारी दिनुभएको छ ।

फोटो स्रोत वुद्धिमान वली

प्रतिक्रिया दिनुहोस्

Array