Ad image

नेपाल राष्ट्रिय मा.वि. तेबाङमा १९ लाख माथिको अक्षकोष स्थापना

मालश्री खवर
मालश्री खवर ४ माघ २०८०, बिहीबार
1 Min Read
Aa

मालश्री खबर माघ ४ गते रोल्पा ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय तेबाङ रोल्पाको ४६ औ वार्षिकोत्सवको उद्घाटन गरिएको छ । प्रतिनिधि सभा सदस्य तथा पुर्व अर्थ मन्त्री वर्षमान पुनको प्रमुख आतिथ्यतामा विद्यालयको वार्षिकोत्सव तथा अक्षकोष समेत सार्वजनिक गरिएको हो ।

विद्यालयले अक्षकोष स्थापना गर्नका लागि सुरु गरेको पहिलो चरणको अभियानबाट संकलित रकमको आज सार्वजनिक गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अक्षकोष स्थापना आर्थिक संकलन समितिका संयोजक डोर बहादुर पुनले जानकारी दिनुभयो । विद्यालयमा अक्षयकोष स्थापना गर्नका लागि सुरु गरेको पहिलो चरणको अभियानबाट १९ लाख ७४ हजार ९ सय ६६ रुपैँया संकलन भएको उहाँले जानकारि दिनुभयो । साथै उहाँले आर्थिक संकलन अभियान निरन्तर रहने समेत जानकारी दिनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पुर्व सभामुख ओनसरी घर्ति लुम्बिनी प्रदेश सभा सदस्य जोख बहादुर महरा रहनुभएको थियो ।

- Advertisement -
Ad image

कार्यक्रममा सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकी, उपाध्यक्ष मिना थापा, सुनिलस्मृति गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रेशम रिजाल, ८ नम्बर वडा अध्यक्ष धनराज रोका, नेपाल पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष मानसिह विश्वकर्मा लगाएतको सहभागिता रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोर बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक मेघराज रिजालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array