Ad image

सुनिलस्मृति-५ काभ्रामा नवनिर्मित आधारभुत स्वास्थ्य केन्द्र भवनको लुम्बिनी प्रदेश सांसद महराद्वारा उद्घाटन

malashree
malashree ४ माघ २०८०, बिहीबार
2 Min Read
Aa

भरत विश्वकर्मा माघ ४ गते रोल्पा ।

सुनिलस्मृति गाउँपालिका वडा नम्बर ५ काभ्रामा नवनिर्मित आधारभुत स्वास्थ्य केन्द्रको आज उद्घाटन गरिएको छ । सँगै गर्भवती महिलाहरुलाई ग्रामीण अल्ट्रा साउन्ड कार्यक्रम अन्तर्गत निःशुल्क भिडियो एक्सरे सेवा पनि प्रदान गरिएको थियो ।

नवनिर्मित भवनको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व अर्थ मन्त्री जोख बहादुर महराको प्रमुख आतिथ्यतामा गरिएको थियो । भवन उद्घाटन कार्यक्रममा बोल्दै महराले जनताले सरकारको तर्फबाट आधारभुत स्वास्थ्य उपचार पाउनु नैसर्गिक अधिकार भएको बताउनुभयो ।

     उहाँले व्यक्ति स्वस्थ रहनु बाहेक अरु नहुने बताउदै गुणस्तरिय स्वास्थ्य सुविधा खोज्नु पहिले खानपानमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै महराले देशमा अहिले आर्थिक मन्दि भएको र अहिले देशमा बजेटको सिमा पनि खुम्चिएकोले विकासको गति सुस्त भएको बताउनु भयो । देशको आर्थिक अवस्थामा परिवर्तन ल्याउन व्यावसायिक उत्पादनमा जोड दिन आग्रह गर्दै उत्पादित सामाग्रीको बजारिकरणमा सरकारले सहयोग गर्ने बताउनुभयो ।

- Advertisement -
Ad image

हिजोको स्वास्थ्य उपचार र आजको स्वास्थ्य उपचारमा फरक भएको सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकोले बताउनु भयो । विशिष्ट अतिथिका रुपमा रहनुभएका उहाँले कार्यक्रममा बोल्दै मानवसँग जोडिएको क्षेत्र स्वास्थ्य भएकोले यस क्षेत्रको थप व्यवस्थापनमा सरकार क्रियाशिल रहेको बताउनु भयो ।

सबै नागरिकले आधारभुत स्वास्थ्य सेवा पाउनुपर्ने सुनिलस्मृति गाउँपालिका उपाध्यक्ष मिना थापाले बताउनु भयो । उहाँले स्वास्थ्य भवन सम्पन्न भए पनि बाकिँ रहेको अधुरा काम पुरा गर्न तर्फ सरकार लाग्ने बताउनु भयो ।

सुनिलस्मृति गाउँपालिका वडा नम्बर ५ काभ्राका वडा अध्यक्ष मनि थापाको अध्यक्षतामा भएको कार्यक्रममा सुनिलस्मृति गाउँपालिकाका निवर्तमान उपाध्यक्ष बागमती थापा क्षेत्रिनी, निवर्तमान वडा अध्यक्ष नवराज थापा, वडा सदस्यहरु स्वास्थ्य शाखा प्रमुख मतिम आलम, सिनियर अ.न.मी. निरीक्षक सावित्रा कुमारी थापा, रेडियो मालश्रीका पत्रकार भरत विश्वकर्मा लगाएतको सहभागिता रहेको थियो ।

आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख पृथ्वी थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा सचिव सुजन खड्काले गर्नुभएको थियो ।

malashree

प्रतिक्रिया दिनुहोस्