मालश्री खबर, माघ ३ गते रोल्पा
रक्त सञ्चार सेवा केन्द्र रोल्पाको नव निर्मित भवन पूर्व अर्थ तथा ऊर्जामन्त्री एवम् संघिय सांसद वर्षमान पुनले उद्वघाटन गर्नु हुने भएको छ ।
नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाद्वारा संचालित रक्त सञ्चार सेवा केन्द्रको नव निर्मित भवनको सांसद पुनले माघ ५ गते शुक्रबारका दिन उद्वघाटन गर्ने कार्यक्रम रहेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।
नव निर्मित भवनको उद्वघाटन कार्यक्रममा उपस्थित भइदिनको लागि नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाका सभापती डी.बी. घर्तिमगरले जानकारी दिनुभएको छ ।





प्रतिक्रिया दिनुहोस्