Ad image

रम्जा बेसी युवा क्लव माडिचौर रोल्पाको १३ औँ बार्षिकोत्सव उद्घाटन

मालश्री खवर
मालश्री खवर २ माघ २०८०, मंगलवार
2 Min Read
Aa

२ माघ २०८०, मंगलबार ।।
रम्जा बेसी युवा क्लव माडिचौर रोल्पाको १३ औँ बार्षिकोत्सव उद्घाटन भएको छ । माघी संक्रान्तिको अवसरमा माघी मेला तथा खेलकुद कार्यक्रम र रम्जा बेसी युवा क्लवको बार्षिकोत्सव रोल्पा नगरपालिका ७ माडिचौरमा आज एक कार्यक्रमका बीच उद्घाटन भएको छ ।

“मौलिक कला, सँसकृतिको संरक्षण र सम्बद्र्धन गरौँ, रम्जा बेसी युवा क्लवको १३ बार्षिकोत्सव भव्य रुपले मनाऔँ” भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको बताईएको छ । कार्यक्रममा खुल्ला फुटबल प्रतियोगिता, पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, पैसेरु नाच, सामूहिक नृत्य, लोकदोहोरी, साईला बरै एकल नृत्य, धनुषवान, खुल्ला पुरुष डबल ब्याड्मिन्ट्न प्रतियोगिताको आयोजना गरिएको आयोजकले रेडियो मालश्रीले जानकारी दिएको छ ।

प्रमुख अतिथि संघिय सांसद तथा पूर्व अर्र्थमन्त्री वर्षमान पुन (अनन्त) ले जिल्ला वासिको सुख दुखमा सधैँ आफु साथमा रहेको बताउनु भयो । रम्जा बेसी युवा क्लवको १३ वार्षिकोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभयो । अर्थमन्त्री पुनले मगर समुदायले माघी संक्रान्तिको रुपमा इतिहास देखि परापूर्व देखि मानव सभ्यतासँगै आफ्नो मगर सभ्यतासँग मान्दै आएको माघि पूर्वलाईृ सद्भावको रुपमा लिनु पर्ने बताउनुभयो । े आफ्नो कला सस्कृतिलाई जगृर्ना गरेर राखिएमा भोली आउने पुस्तालाई हस्तान्तरण गर्न सकिने बताउनुभयो ।

क्लवका अध्यक्ष कृष्ण घर्ति मगरको अध्यक्षता, संघिय सांसद तथा पूर्व अर्धमन्त्री वर्षमान पुन (अनन्त) को प्रमुख अतिथिमा उद्घाटन भएको कार्यक्रमको विशिष्ट अतिथिहरुमा पूर्व सभामुख ओनसरि घर्ति र लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन (सिजल) रहनु भएको थियो भने, अतिथिहरुमा रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्ति, जिल्ला समन्वयन समिति रोल्पाका प्रमुख सिता आचार्य, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, रोल्पा नगरपालिका निर्वतमान प्रमुख तथा नेकपा माओवादी केन्द्र रोल्पा जिल्ला समन्यवन समितिका संयोजक पुरण के.सी, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मि, संचारकर्मि लगायत आम नागरिकको सहभागिता रहेको थियो ।

- Advertisement -
Ad image

रम्जा बेसी युवा क्लवका अध्यक्ष कृष्ण घर्तिको स्वागत मन्तब्यबाट सुरु भएको  कार्यक्रमको संञ्चालन सोम बहादुर घर्तिले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array