Ad image

रेडियो कार्यक्रमको प्रभावले सुनिलस्मृतिले गर्यो माहुरी पालक कृषकलाई वजेट विनियोजन

मालश्री खवर
मालश्री खवर २ माघ २०८०, मंगलवार
1 Min Read
Aa

मालश्री खबर, माघ २ गते रोल्पा

सुनिलस्मृति गाउँपालिकाका व्यवसायी माहुरी पालन कृषकहरुको लागि गाउँपालिकाले वजेट विनियोजन गरेको छ ।

पुष २९ गते सुनिलस्मृति गाउँपालिकाको १५ औँ गाउँसभाबाट व्यवसायी माहुरी पालन कृषकका लागि तालिम र मौरी वितरण शिर्षकमा १ लाख बजेट विनियोजन गरेको सुनिलस्मृति गाउँपालिकाले जानकारी दिएको छ ।

‘रेडियो कार्यक्रम सुनिलस्मृति डायरी’मा सुनिलस्मृति गाउँपालिका भित्रका व्यवसायी माहुरी पालन कृषकहरु संग गरिएको कुराकानीमा कृषकहरुले आफुहरुको व्यावसायलाई थप बढाउनको लागि गाउँपालिकाले वजेट व्यवस्थान गरिदिनु पर्ने माग राखेको थिए ।

- Advertisement -
Ad image

माहुरी पालक कृषकहरुको अपेक्षा अनुुसार सुनिलस्मृति गाउँपालिकाको १५ औँ गाउँसभा तथा हिउँदे अधिवेशनबाट गाउँपालिका भित्र रहेका माहुरी पालक कृषकहरुको व्यावसायमा केहि सहयोग पुगोस् भन्ने उद्देश्यले यो आर्थिक वर्षमा रु १ लाख वजेट व्यवस्थापन गरिदिएको सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्षमा माहुरी पालक कृषकको सख्याको वृद्वि संगै उनिहरुको व्यावसायलाई थप वृद्वि गर्नको लागि गाउँपालिकाले विशेष ध्यान दिएर कार्यक्रम बनाउने समेत अध्यक्षले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array