Ad image

प्रभात फेरी कार्यक्रम गरी रोल्पामा राष्ट्रिय ‘भुकम्प सुरक्षा दिवस’ मनाइयो

मालश्री खवर
मालश्री खवर २ माघ २०८०, मंगलवार
3 Min Read
Aa

मालश्री खबर, माघ २ गते रोल्पा / 

२६ औँ ‘राष्ट्रिय भुकम्प सुरक्षा दिवस’ को अवसरमा लिवाङ बजारमा प्रभात फेरी कार्यक्रम गरेर मनाइएको छ ।

‘स्थानिय स्रोत र प्रबिधि समेत प्रयोग गरौँ, भुकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने राष्ट्रिय नाराका साथ जिल्ला विपद् व्यवस्थापन समिति रोल्पाको आयोजना, नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखको सहकार्य, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको समन्वयमा लिवाङको सात्ताले देखी टुडिखेल सम्म प्रभात फेरी कार्यक्रम गरी भुकम्प सुरक्षा दिवस मनाइएको जिल्ला विपद् व्यवस्थापन समिति रोल्पाले जनाएको छ ।

- Advertisement -
Ad image

प्रभात फेरी कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले विपद्बाट मनिसको मृत्यु हुनुको कारण भनेको मानिसले नै निर्माण गरेको भौतिक संरचना मुख्य रहेको बताउनु भएको थियो । भौतिक संरचना निर्माण गर्दा भुकम्प प्रतिरोधी संरचना बनाउन सकियो भने मानविय क्षेती कम हुने बताउनुभयो ।

भुकम्प प्रतिरोधी संरचना निर्माणको लागि स्थानिय सरकारलाई निति नियम बनाएर अगाडी बढ्न अनुरोध गर्नु भएको छ । यो कार्यमा सहयोग चाहिएमा जिल्ला विपद् व्यवस्थापन समितिले सहयोग गर्न तयार रहेको पनि सुझाउनुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सीता आचार्य, रोल्पा नगरापलिका प्रमुख सुरेन्द्र थापा घर्ति, उपप्रमुख गीता आचार्य, नेपाली सेना बटुकदल गण रोल्पाका सेनानी दलबहादुर थापा, प्रहरी नायव उपरिक्षक श्यामकुमार सारुमगर, नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाका सभापती डि.वी. घर्तिमगरको उपस्थित रहेको थियो ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रोल्पाका प्रहरी नायव उपरिक्षक विष्णुदत्त अवस्थी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रोल्पाका प्रमुख अनुसन्धान अधिकृत कुशल थापा मगर, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक राम नारायण गुप्ता, भु–तथा जलाधार व्यवस्थापन कार्यालय रोल्पाका कार्यालय प्रमुख रोवर्ट महरा लगायत नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधि, पत्रकार लगाएत बजारबासीको उपस्थित रहेको थियो ।

शहरी बिकास तथा भबन निमार्ण कार्यालय रोल्पाका कार्यालय प्रमुख रामआश्रय शाहले नेपालमा हाल सम्म गएका भुकम्प र त्यसबाट भएको मानविय र भौतिक क्षेतीको बारेमा जानकारी गराउनु भएको थियो ।

१९९० माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । ९० सालमा ८ दशमलव ४ रेक्टर स्केलको भूकम्पले जनधनको ठूलो क्षति पुर्याएको थियो ।

१९९० को भूकम्पमा परि आठ हजार पाँच सय ९१ जनाको ज्यान गएको थियो । ८० हजार घर ध्वस्त भएका थिए । ध्वस्त घरसहित घर, विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवन समेत गरी २ लाख ७ हजार ४० संरचना भत्किएको थियो ।

त्यस्तै, २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पमा परि आठ हजार ८ सय ५७ जनाको ज्यान जानुकासाथै सात लाखभन्दा धेरै आवासमा क्षति पुगेको थियो ।

   

प्रतिक्रिया दिनुहोस्

Array