Ad image

प्रदेश सांसद महराद्वारा मकर संक्रान्तिको शुभकामना

मालश्री खवर
मालश्री खवर १ माघ २०८०, सोमबार
1 Min Read
Aa

मालश्री खबर, माघ १ गते रोल्पा
मकर संक्रान्ति तथा माघी पर्व २०८० को अवसरमा प्रदेश सभा सदस्य जोखबहादुर महराले शुभकामना ब्यक्त गर्नु भएको छ । लुम्बिनी पदेशका प्रदेश सभा सदस्य महराले सोमबार एक विज्ञप्ति जारी गर्दै शुभकामना ब्यक्त गर्नु भएको हो ।

रोल्पा निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित सांसद महराले मकर संक्रान्ति तथा माधी पर्व २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं प्रगतिको शुभकामना व्यक्त गर्नु भएको छ ।

प्रदेश सभा सदस्य जोखबहादुर महराद्वारा हस्ताक्षेरित विज्ञप्तिमा जातीय तथा धार्मिक, सांस्कृतिक विविधताले सम्पन्न हाम्रो देशमा यस मकर संक्रान्ति तथा माघी पर्वलाई विभिन्न समुदायले सांस्कृतिक पर्वको रुपमा हर्षोल्लासपूर्वक मनाउने कुरा उल्लेख गरिएको छ । यस पर्वले हामी नेपालीबीच बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पुर्याएको भन्दै महराले देशमा मनाइने यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्नु हामी सबैको दायित्व भएको बताउनु भएको छ ।

विविधताले सम्पन्न सिंगो नेपाली संस्कृति भित्र महत्वपूर्ण रहेका यस्ता पर्वले सबै नेपालीमा उत्साह एवम् उमङ्ग थपोस र सबै नेपाली बिच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस भन्ने कामना विज्ञप्तिमा गरिएको महराको सचिवालयले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्

Array