मालश्री खबर, माघ १ गते रोल्पा
रम्जा वेसी यूवा क्लव माडिचौर रोल्पाको १३ औँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रमको भोली उद्वघाटन हुदै छ ।
माघी सकरातीको अवसरमा माघी मेला तथा खेलकुद कार्यक्रम र रम्जा बेसी युवा क्लव रोल्पा नगरपालिका ७ माडिचौर रोल्पाको १३ औँ वार्षिक उत्सवको अवसरमा माडिचौरको रंगशालामा भोली (मंगलबार) संघिय सांसद तथा पुर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले उद्वघाटन गर्ने कार्यक्रम रहेको क्लवका अध्यक्ष कृष्णराज घर्तिमगरले जानकारी दिनुभएको छ ।
माघी सकरातीको अवसरमा माघी मेला तथा खेलकुद कार्यक्रममा विभिन्न खेलकुद तथा सास्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
प्रथम ५० हजार राशीको खुल्ला पुरुष फुटवल प्रतियोगिता, प्रथम ३० हजार राशीको खुल्ला पुरुष भलिवल प्रतियोगिता, प्रथम २३ हजार राशीको महिला भलिवल प्रतियोगिता, पैस्यारु नाच, सामुहिक नृत्य, लोकदोहोरी, साईला बरै एकल नृत्य, धनुषवान, खुल्ला पुरुष डवल व्याटमिन्टन प्रतियोगितात्मकको खेलहरुको आयोजना गरिएको आयोजकले रेडियो मालश्रीलाई जानकारी दिएको छ ।





प्रतिक्रिया दिनुहोस्