Ad image

सुनछहरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड नेरामावि फगामले हात पार्यो

मालश्री खवर
मालश्री खवर १ माघ २०८०, सोमबार
1 Min Read
Aa

मालश्री खबर, माघ १ गते रोल्पा

सुनछ्हरी गाउँपालिकाको पालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्डको शिल्ड नेपाल राष्ट्रिय माध्यामिक विद्यालय फगामले हात पारेको छ ।

नमुना माध्यमिक विद्यालय सुनछ्हरी गाउँपालिका ५ कसलामा आयोजना भएको पाँचौ राष्ट्रपति रनिङ शिल्डमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सुनछहरी गाउँपलिका ६ फगामले ६ स्वर्ण, ६ रजत र २ कास्य गरी जम्मा १४ पदकमा साथ प्रथम स्थान हासिल गरेको हो ।

नेरामावि फगामले अघिल्लो वर्षको राष्ट्रपति शिल्डमा लगातार तीन पटक जितेर शिल्ड सधैको लागि आफ्नो पोल्टोमा पार्न सफल भएको थियो । यस वर्ष पनि राष्ट्रपति रनिङ शिल्डको शिल्ड जितेर नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले लगातार चार पटक शिल्ड जित्न सफल भएको हो ।

- Advertisement -
Ad image

त्यसैगरी नेरामावी स्युरीले ४ स्वर्ण, ५ रजत र ४ कास्य गरी जम्मा १३ पदक हात पारेर द्धितिय भएको छ । देविमन्दिर मावी पोबाङले ४ स्वर्ण, ६ रजत र २ कास्य गरी जम्मा १२ पदक हात पारेर तृतिय भएको गाउँपलिकाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array