भरत विश्वकर्मा, पुस २७ गते रोल्पा ।
सुनछहरी गाउँपालिका, आइ.एन.एफ.(इन्टरनेशनल नेपाल फेलोसिश) नेपाल र समुदायको सहकार्यमा सुनछहरी गाउँपालिकाको वडा नम्बर ४ स्युरीको साकिना र झिन्जा क्षेत्रमा नवनिर्मित खानेपानी योजनाको उद्घाटन तथा समुदायलाई हस्तान्तरण गरिएको छ । वडा वडाको साकिना खानेपानी आयोजना र सिमसार खानेपानी आयोजनाको उद्घाटन तथा समुदायलाई हस्तान्तरण गरिएको आइ.एन.एफ.नेपाल रोल्पाले जानकारी दिएको छ ।

खानेपानी योजनाको उद्धाटन लुम्बिनी प्रदेश सभा सदस्य जोख बहादुर महराको प्रमुख आतिथ्यता, सुनछहरी गाउँपालिकाकी उपाध्यक्ष ननकला घर्तिको विशिष्ट आतिथ्यता साथै विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा गरिएको थियो ।
खानेपानी योजनाको उद्घाटनमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य जोख बहादुर महराले मानिसको नगर विकासले भरिपूर्ण क्षेत्रमा भन्दा विकास नभएको क्षेत्रमा जान आवश्यक रहेको बताउनु भयो ।

‘अरूको मुख ताक्ने हो भने त्यस क्षेत्रमा विकास हुदैन ।‘ महारा भन्नुभयो, ‘जहाँ एक आपसमा सहकार्य गरेर काम गरिन्छ त्यस क्षेत्रमा विकास छिटो हुन्छ ।‘
साथै उहाँले आइ एन एफ संस्थालाई ग्रामीण क्षेत्रमा कार्यक्रम सञ्चालन गरेर जनताको जीवन उकास्नमा सहयोग गरेको भन्दै धन्यवाद समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथिको रूपमा समेत रहनुभएकी सुनछहरी गाउँपालिका उपाध्यक्ष ननकला घर्तिले सुनछहरी गाउँपालिकाले आइ.एन.एफ. सँगको सहकार्यमा खानेपानी योजना निर्माण गरेर जनतालाई ठुलो सहयोग पुगेको बताउनु भयो । साथै नागरिकको जनचेतना अभिवृद्धि गर्नमा पनि संस्थाले ठुलो सहयोग पुर्याएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष हर्कराज बुढामगरले दुर्गम क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दा समुदायमा ठुलो प्रभाव पारेको बताउनु भयो । सञ्चालित कार्यक्रमले गर्दा समुदायमा स्वास्थ्य तथा सरसफाइको क्षेत्रमा परिवर्तन आएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै आइ.एन.एफ.नेपाल रोल्पाका एसोसिएट डाइरेक्टर लेखनाथ केसिले दुर्गम क्षेत्रका समस्याको पहिचान गरी समस्या समाधानका लागि यस प्रकारको क्षेत्रलाई प्राथमिकताका साथ कार्यक्रम सुरु गरेको बताउनु भयो । कार्यक्रमले नागरिक आफै समस्याहरू समाधान गर्न सक्ने क्षमताको विकास भएको बताउनु भएको थियो ।

कार्यक्रममा आइ.एन.एफ.नेपालका परियोजना संयोजक तिलक भण्डारी, पाटनरसिप म्यानेजर हिरामनी अधिकारी, प्राविधिक गोबिन्द प्रसाद रिजाल, कर्मचारी सलिना बुढा, सुनछहरी गाउँपालिका ४ का निवर्तमान वडा अध्यक्ष खड्क बहादुर घर्ति, नेपाल पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष मानसिङ विश्वकर्मा, रेडियो मालश्रीका पत्रकार भरत विश्वकर्मा, उपभोक्ता समितिका पदाधिकारीहरू, वडा सदस्यहरू, लगाएत विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।






प्रतिक्रिया दिनुहोस्