Ad image

कर्मचारी मिलन केन्द्र रोल्पाको अधिवेशन सम्पन्न, अध्यक्षमा रोबर्ट महरा

मालश्री खवर
मालश्री खवर २७ पुष २०८०, शुक्रबार
4 Min Read
Aa

लोकेन्द्र चन्द/मालश्री खबर, पुस २७, रोल्पा ।

कर्मचारी मिलन केन्द्र रोल्पाको अधिबेशन शुक्रबार रोल्पा नगरपालिका वडा न. ४ गुरुङगाँउमा सम्पन्न भएको छ । कर्मचारी मिलन केन्द्र रोल्पाको अधिवेसनबाट भू तथा जलाधार कार्यालय रोल्पाका प्रमुख रोबर्ट महराको अध्यक्षतामा ११ सदस्य नँया कार्यसमिती सर्बसहमत चयन भएको निर्वाचन मण्डलका संयोजक जिल्ला सरकारी वकिल कार्यालयका न्याधिबत्ता चुरामणी पराजुली रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिएको छ ।

जसको उपाध्यक्षमा भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख डाक्टर शंकर न्यौपाने रहनु भएको छ । सचिवमा ग्रामिण सडक सञ्जाल सुधार आयोजना रोल्पाका लेखापाल हिमाल घर्तिमगर, सहसचिबमा रोल्पा नगरपालिका कार्यरत श्यामलाल केसी र कोषाध्यक्षमा शहरी बिकास तथा भबन निमार्ण कार्यालय रोल्पाका कार्यालय प्रमुख रामआश्रय शाह चयन भएको निर्वाचन मण्डलले बताएको छ ।
केन्द्रको अन्य सदस्यहरुमा जिल्ला हुलाक कार्यालय रोल्पाका कार्यरत महिमा रसाइली, साल्ट टे«डिङ कर्पोरेसन रोल्पाका कार्यरत बसन्त थापा, स्वास्थ्य कार्यालय रोल्पामा कार्यरत डिल्ली केसी, रोल्पा अस्पताल रेउघा रोल्पाका डाक्टर ऋषब गौतम, आयुर्बेद कार्यालय रोल्पामा कार्यरत भुपेन्द्र डाँगी र रोल्पा नगरपालिकामा कार्यरत खिमा पुन रहनु भएको बताइएको छ ।

- Advertisement -
Ad image

कर्मचारी मिलन केन्द्र रोल्पाका प्रमुख संरक्षक तथा जिल्ला न्याधिस खिमानन्द भुसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको बिशिष्ट अतिथिमा कर्मचारी मिलन केन्द्र रोल्पाका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे रहनु भएको थियो ।

कार्यक्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कर्मचारी मिलन केन्द्र रोल्पाका प्रमुख संरक्षक तथा जिल्ला न्याधिस खिमानन्द भुसालले मिलन केन्द्रको नँया नेतृत्वलाई बधाई एंव सफल कार्यकालको शुभकामना व्यक्त गर्दै, सबै कर्मचारीहरु लाई मिलाएर लैजानको लागी आग्रह गर्नु भएको छ । अधिबेसन बाट आएको नँया टिमलाई कर्मचारी मिलन केन्द्र रोल्पाकोे नँया भवन नँया निमार्ण गर्नु भन्दा पनि हाल रहेको पुरानो संरचनालाई मर्मत सम्भार गरेर अलि व्यवस्थित बनाउनको लागी समेत सुझाब दिनु भएको छ ।

कार्यक्रममा बोल्दै कर्मचारी मिलन केन्द्र रोल्पाका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले मिलन केन्द्रको नँया नेतृत्वलाई बधाई एंव सफल कार्यकालको शुभकामना व्यक्त गर्दै, कर्मचारी मिलन केन्द्र रोल्पाको सदस्यता प्रदान गर्नको लागी कन्जुसाई नगर्न आग्रह गर्नु भएको छ ।

कार्यक्रममा रोल्पा नगरपालिका वडा न. ४ का वडा अध्यक्ष मित्रलाल गुरुङ र नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगरले समेत शुभकामना मनतब्य राख्नु भएको थियो ।


कर्मचारी मिलन केन्द्र रोल्पाका कार्यवाहक अध्यक्ष इन्द्रिरा अधिकारी आचार्यका मिलन केन्द्रको नँया नेतृत्वलाई बधाई एंव सफल कार्यकालको शुभकामना व्यक्त गर्दै, आफ्नो कार्यकाललाई सफल बनाउनको लागी प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद समेत दिनु भएको छ ।

सोही कार्यक्रममा बोल्दै कर्मचारी मिलन केन्द्रका नर्ब निर्बाचित अध्यक्ष रोबर्ट महराले आफुलाई अध्यक्ष पदमा निर्बाचित बनाएको भन्दै सबैलाई धन्यवाद व्यक्त गर्नु भएको छ । नर्ब निर्बाचित अध्यक्ष महराले कर्मचारी मिलन केन्देको लागी निस्वार्थ भाबका साथ काम गर्ने समेत प्रतिबद्धता जनाउनु भएको छ । अबको आफ्नो काम भनेको कर्मचारी मिलन केन्द्र रोल्पाको सौन्र्दर्य र पहिचान नघट्ने गरि सुबिधा सम्पन्न हलको निमार्ण गर्ने लक्ष रहेको बताउनु भएको छ । मिलन केन्द्रको सुबिधा सम्पन्न हल निमार्णको लागी सबै कर्मचारीहरु सक्दो सहयोग संकलन गरिने पनि अध्यक्ष महराले बताउनु भएको छ । आज नै सुबिधा सम्पन्न हल निमार्णको लागी भनेर अध्यक्ष रोवर्ट महरा र उपाध्यक्ष शंकर न्यौपानेले रु १०/१० हजार सहयोगको पनि घोषणा गर्नु भएको छ ।

कर्मचारी मिलन केन्द्र रोल्पाका कार्यवाहक अध्यक्ष इन्द्रिरा अधिकारी आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कर्मचारी मिलन केन्द्र रोल्पाका सहसचिब हरिभक्त खनालले गर्नु भएको थियो । कार्यक्रममा कर्मचारी, सुरक्षाकर्मि, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array