मालश्री खबर, पुष २७ रोल्पा ।
परिवर्तन गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आज तेस्रो दिन पनि जारी रहेको छ ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वबधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा परिवर्तन गाउँपालिका खेलकुद विकास समिति रोल्पाको आयोजना र परिवर्तन गाउँपालिकाको व्यवस्थापनमा सुरु २५ पुष देखि सुरु भएको हो।“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद“भन्ने मुलनाराका साथ सहिद स्मृति रंगशाला परिवर्तन गाउँपालिका–५ राङ्कोटको धामाचौरमा बिहीबार पनि जारी रहेको छ ।
तेस्रो दिनमा भएको प्रतियोगिता छात्रा भलिबल अन्तिम चरणमा पुगेको छ।जसमा जनता मावि बागमारा र बाल शिक्षा मावि इरिबाङ थुनिकोट छात्र भलिबलको फाइनलमा पुगेका छन।छात्र भलिबलको फाइनलको तृतीय नेरा नमूना मावि मौलाबोट भएको छ भने सान्त्वना जन ज्योति मावि आरखोला भएको छ । सतफूत छात्रा १२ पाउन्ड र छात्रा सतफूत ८ पाउन्ड जारी रहेको छ । छात्र तथा छात्रा दौड प्रतियोगिता जारी रहेको छ ।
छात्रा भलिबलको नकआवत चरणको खेल जारी रहेको छ । उसु छात्र तथा छात्रा प्रतियोगिता सम्पन्न भएको छ । कबड्डी छात्र तथा छात्रा प्रतियोगिता जारी रहेको छ । कबड्डी छात्र तथा छात्रा प्रतियोगिता जारी रहेको छ । एथलेटिक्स प्रतियोगिता जारी रहेको छ ।






प्रतिक्रिया दिनुहोस्