Ad image

नेकपा एमाले रोल्पाको बैठक भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम गंगादेवमा सम्पन्न

मालश्री खवर
मालश्री खवर २७ पुष २०८०, शुक्रबार
2 Min Read
Aa

२७ पौष २०८०, शुक्रबार ।

नेकपा (एमाले) रोल्पाद्वारा संगठन सुदृढीकरण अभियान अन्तरगत बैठक, भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम बिहिबार गंगादेव गाउँपालिकाको सुखाओडारमा सम्पन्न भएको छ।

नेकपा एमाले गंगादेब गाउँपालिकाका अध्यक्ष खगेन्द्र वलीको अध्यक्षता र नेकपा एमालेको पोलिटब्युरो सदस्य गोकुल घर्ती मगरको प्रमुख आतिथ्यता एबं एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य ईश्वरी घर्तीमगरको बिशेष आतिथ्यतामा सम्पन्न पालिका स्तरको वैठक तथा भेलाले विगतको समीक्षा गर्दै आगामी दिनहरुमा वडा र टोल स्तर सम्म जाने योजना बनाउनुका साथै पार्टीका जनवर्गीय संगठनहरुलाई पालिका, वडा र टोल स्तर सम्म विस्तार र कृयाशिल बनाउने निर्णय गरेको छ ‌।

साथै भेलाले जनताहरूको विविध समस्या र सवालबारे सम्बन्धित गाँउपालिका, प्रदेश र संघीय सरकारलाई ध्यानाकर्षण गराउनुका साथै तिन तहकै सरकारले गरिरहेको गतिविधिलाई नजिकबाट नियाल्दै अनियमितता र भ्रष्टाचार देखिए खबरदारी गर्ने निष्कर्ष निकालेको छ।

- Advertisement -
Ad image

कार्यक्रममा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य प्रेम घर्ती, पुर्व प्रदेश कमिटी सदस्य रोशनकुमार वलि, एमाले रोल्पाका अध्यक्ष विजयकुमार घर्तीमगर, सचिव अमृत बुढामगर, उपसचिव ठाकुर वलि, अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सन्तोष बाठा मगर, अनेरास्ववियु रोल्पा संयोजक सुर्य बि.क लगायत नेताहरुको सहभागीता रहेको थियो ।कार्यक्रममा नेकपा माओवादी परित्याग गरि एमाले प्रवेश गर्नुभएका घमण्ड वली, महेन्द्री वली र नेपाली कांग्रेस परित्याग गरि एमाले प्रवेश गर्नुभएका झुपराज डाँगिलाई टिका खादा लगाएर स्वागत गरिएको थियो ।

पार्टीका पालिका उपाध्यक्ष कमल डाँगिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन गाउँ कमिटि सचिव नविन वलिले गर्नुभएको थियो । जिल्ला व्यापी संगठन सुदृढीकरण तथा भेटघाट अभियान अन्तरगतको सोहि कार्यक्रम आज माडी गाँउपालिकाको घर्तीगाउमा हुने एमाले रोल्पाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array