Ad image

परीक्षार्थीले आफ्नै गाडी प्रयोग गरेर लाइसेन्स ट्रायल दिन पाउने

malashree
malashree २६ पुष २०८०, बिहीबार
1 Min Read
Aa

मालश्री खबर, पुस २७ गते  रोल्पा ।

लुम्बिनी प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल दिँदा आफ्नै सवारी साधन प्रयोग गर्न पाइने भएको छ ।

लुम्बिनी प्रदेशका नवनियुक्त उद्योग तथा यातायात व्यवस्था मन्त्री रोज राणाले सवारी चालक ट्रायल दिने क्रममा प्रयोग हुने सवारी साधन परीक्षार्थीलाई स्वेच्छाले प्रयोग गर्न दिन मन्त्रालयका सचिव सहित कर्मचारीलाई निर्देशन दिएका हुन्।बुधबार देउखुरीको मसुरिया स्थित मन्त्रालयमा मन्त्री राणाले सचिव उमेश ढुंगाना,यातायात कार्यालयका प्रमुखहरुलाई ट्रायलका क्रममा परीक्षार्थीलाई स्वेच्छाले सवारी साधन प्रयोग गर्न निर्देशन दिएका हुन्।यसअघि शुःल्क लिएर ट्रायल सेन्टरमा ट्रायल सेन्टरकै सवारी साधन अनिर्वाय प्रयोग गर्नुपर्ने व्यवस्था छ ।

सर्वसाधारणलाई अनावश्यक आर्थिक भार पर्ने भन्दै त्यो व्यवस्था तत्काल हटाउन मन्त्री राणाले निर्देशन दिए ।राज्यले सेवाग्राहीलाई दिने सुविधा सहज हुनुपर्ने उनको भनाइ थियो।राणाले छिटो र सहज तरिकाले चालक अनमुति पत्र दिन पनि कर्मचारीलाई निर्देशन दिए।यस्तै उनले प्रदेशभित्र मापदण्ड नपुगेका ट्रायल सेन्टरमा अनुगमन गरेर बन्द गराउन पनि निर्देशन दिए।

- Advertisement -
Ad image
malashree

प्रतिक्रिया दिनुहोस्