Ad image

नागरीक सुनुवाई कार्यक्रम होलेरीमा सम्पन्न

मालश्री खवर
मालश्री खवर २६ पुष २०८०, बिहीबार
1 Min Read
Aa

मालश्री खबर, पुष २६ गते रोल्पा

रोल्पाको होलेरीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला प्रहरी कार्यालय रोल्पाको आयोजनामा नागरीक सुनुवाई कार्यक्रम हिजो रुन्टिगढि गाउँपालिका ७ होलेरीमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रभावकारिता बिषयमा कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक श्याम कुमार सारुमगरले प्रस्तुतिकरण समेत गर्नुभएको थियो ।

- Advertisement -
Ad image

सारुमगरले शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि स्थानियको सुचनाले महत्वपुर्ण भुमिका खेल्ने समेत बताउनुभयो । प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमिरेले जिल्लाको जिल्ला प्रसासन कार्यालयको सेवा प्रवाह र जिल्लाको समग्र शान्ति सुव्यवस्थाको बारेमा प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा रुन्टिगढी गाउपालिकाका अध्यक्ष, जनप्रतिनिधीहरु, बुद्धिजीवि, पत्रकार तथा अन्य स्थानिय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array