Ad image

रुन्टीगढी गाउँपालिका वडा नं ८ मा वडा स्तरीय भलिबल प्रतियोगिता सुरु

मालश्री खवर
मालश्री खवर २६ पुष २०८०, बिहीबार
2 Min Read
Aa

कमल खड्का
२६ पौष २०८०, बिहिबार,
रुन्टीगढी गाउँपालिका वडा नं ८ ले बुधबार देखि वडा स्तरीय भलिबल खेल उद्घाटन कार्यक्रम गरेको छ ।

“स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराको साथमा खेलकुद आयोजना गरिएको हो । वडा मा बलिबल प्रतियोगीता पहिलो पटक गरिएको हो । वडा न ८ मा खेल र खेलाडीको बिकास गर्ने उदेश्यले २०८०।८१ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार खेलकुद आयोजना गरिएको हो ।

खेल मैदान अभावका कारणले वडामा राखिनुपर्ने खेल वडा न ८ को खसगोरी खेलमैदानमा राख्न बाध्य भएको वडा अध्यक्ष तुलसी पुनले बताउनु भयो । यो भन्दा पहिले सरकार चलाएका जनप्रतिनीधीहरुले यस वडालाइ खेल क्षेत्रमा अगाडी लैजानु पर्छ भन्ने सोच राखेर खेल क्षेत्रको बिकास गरे भए अहिले यस खालको समस्या आउने थिएन उहाँले भन्नु भयो ।

त्यस्तै यस वडा खेलकुद, शिक्षा, स्वास्थ्य,क्षेत्र लगाएत बिभिन्न विकास हिसाबले पनि पछि परेको र विकट वडा भएकोले यस वडालाइ अन्यवडा संग सगै लैजानु पर्ने भएको गाउँपलिका अध्यक्ष जनक पुनले बताउनु भयो । पुर्व जनप्रतिनीधीहरुले यस वडामा खासै चासो नदेखाएको हुदा यो देढ वर्षको अबधी सम्म गाउँपालिकामा भएको बिभिन्न खेलकुदहरुमा यस वडाबाट कुनै पनि खेलाडी सहभागी नभएको कुरा निकै दुखःद पक्ष भएको उहाँको धारणा थियो । आगामी दिनमा यस वडामा पनि खेल क्षेत्रको विकास गरि खेलाडीलाइ अन्य वडा सरह प्रतिस्पर्धामा उतार्ने लक्ष्य रहेको अध्यक्ष पुनको भनाई छ ।

- Advertisement -
Ad image

कार्यपालिका रेस्मा बहकरीको स्वगत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता वडा नं ८ अध्यक्ष तुलसी पुन प्रमुख अतिथी गापा अध्यक्ष जनक पुन, बिशिष्ट अतिथी एकिकृत नेकपा माओवादी पार्टी लुम्बीनी प्रदेश कमिटी सदस्य गोबिन्द पुन रहनु भएको थियो भने कार्यक्रमको सहजिकरण वडा सचिव हस्त दर्लामीले गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array