Ad image

आर्थिक अभावले गर्दा खेल क्षेत्रमा सोचेजस्तो परिणाम आउन सकेको छैनः लुम्बिनी प्रदेश सभा सदस्य बुढा

मालश्री खवर
मालश्री खवर २६ पुष २०८०, बिहीबार
1 Min Read
Aa

मालश्री खबर, पुस २५ गते किलाचौर रोल्पा ।

पहिलेको समय र अहिलेको समयमा खेलकुदको अवस्था निकै फरक भएको लुम्बिनी प्रदेश सभा सदस्य मिना बुढा (खड्का) ले बताउनुभएको छ ।

लुङ्ग्री गाउँपालिकामा आयोजित तेस्रो माध्यमिक विद्यालय स्तरीय रनिङ शिल्ड प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो कुरा बताउनु भएको हो ।

‘पहिलेको समयमा खेलाडीहरूलाई राम्रो व्यवहार हुदैन थियो ।‘ उहाँले भन्नुभयो, ‘निकै बाधा, अर्जनको सामना गर्दै खेल खेल्नु पर्दथ्यो ।‘

- Advertisement -
Ad image

कार्यक्रममा बोल्दै उहाँले आर्थिक अभावको कारण खेल क्षेत्रमा सोचेजस्तो परिणाम आउन नसकेको बताउदै राज्यले यसको बारेमा सोच्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

Array