Ad image

खेलकुदले शिक्षा क्षेत्रमा महत्वपुर्ण भूमिका खेलेको हुन्छः सुनिलस्मृति गाउँपालिका निवर्तमान अध्यक्ष घर्ति

मालश्री खवर
मालश्री खवर २५ पुष २०८०, बुधबार
1 Min Read
Aa

भरत विश्वकर्मा, पुस २५ गते किलाचौर रोल्पा ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले शिक्षा क्षेत्रमा महत्वपुर्ण भूमिका खेलेको सुनिलस्मृति गाउँपालिकाका निवर्तमान अध्यक्ष गुणेन्द्र घर्तिले बताउनु भयो ।

रोल्पाको लुङ्ग्री गाउँपालिकामा आयोजित तेस्रो माध्यमिक विद्यालय स्तरिय रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो कुरा बताउनु भएको हो ।

‘खेलकुद शिक्षा क्षेत्रमा महत्व छ यसले शिक्षा क्षेत्रमा नयाँ गति ल्याउछ ।‘ उहाँले भन्नुभयो, ‘खेलकुदले व्यक्तिलाई सबै कुरामा क्रियाशिल बनाउनमा मद्दत गर्नुका साथै स्वस्थ बनाउनमा सहयोग गर्दछ ।‘

- Advertisement -
Ad image

उहाँले समाजलाई दक्ष बनाउन शिक्षाले महत्वपुर्ण भूमिका खेल्ने बताउनु भयो।साथै शिक्षा विकासको मेरुदण्ड भएकोले देशको सबै विकासमा शिक्षा आवश्यकता रहेको औल्याउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

Array