Ad image

खेलाडीहरूले जित्नको लागि मात्र खेल खेल्नु पर्छ भन्ने सोचमा परिवर्तन ल्याउनु पर्छः लुम्बिनी प्रदेश सभा सदस्य पुन

मालश्री खवर
मालश्री खवर २५ पुष २०८०, बुधबार
1 Min Read
Aa

भरत विश्वकर्मा, पुस २५ गते किलाचौर रोल्पा ।

खेलाडीहरू जित्नको लागि मात्र खेल खेल्नु पर्छ भन्ने सोचमा परिवर्तन ल्याउनु पर्ने लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनमगरले बताउनु भयो ।

रोल्पाको लुङ्ग्री गाउँपालिकामा आयोजित तेस्रो माध्यमिक विद्यालय स्तरीय रनिङ सिल्ड प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रममा विशिष्ट अतिथिको रूपमा रहनुभएका उहाँले यस्तो कुरा बताउनु भएको हो ।

‘खेलाडीहरू जित्ने इच्छाका साथ आउनु हुन्छ तर सबैले जित हात पार्दैनन् कोही पराजित हुनुपर्ने हुन्छ ।‘ उहाँले भन्नुभयो, ‘यसबाट जित्ने खेलाडीहरूलाई अगाडी बढ्ने प्रेरणा र पराजित हुने खेलाडीहरू कमजोरी सुधार्न तर्फ प्रयत्न गर्नुपर्छ ।‘

- Advertisement -
Ad image

‘एक सय चार वर्षे राणा शासनमा उनीहरुका आफ्ना सन्तानहरूले मात्र पढ्न पाउने व्यवस्था थियो ।‘ उहाँले थप्नुभयो, ‘त्यहीँ व्यवस्थालाई चिर्न प्रजातन्त्रमा चार जना सहिदको बलिदान पश्चात् सबैले शिक्षा पाउने व्यवस्था अधिकारको रूपमा स्थापित भएको बताउदै आजको दिनमा पढ्नका लागि बलिदान दिन नपर्ने बताउनुभयो ।‘

प्रतिक्रिया दिनुहोस्

Array