Ad image

हिजो सबैलाई शिक्षा भन्ने थियो तर आज सबैलाई गुणस्तरीय शिक्षा भन्ने भएको छः लुम्बिनी प्रदेश सभा सदस्य महरा

मालश्री खवर
मालश्री खवर २५ पुष २०८०, बुधबार
1 Min Read
Aa

भरत विश्वकर्मा, पुस २५ गते किलाचौर रोल्पा ।

हिजोका दिनमा शिक्षा सबैका लागि शिक्षा भन्ने थियो तर आजको दिनमा शिक्षा भनेको सबैलाई गुणस्तरीय शिक्षा हुनुपर्ने भएको लुम्बिनी प्रदेश सभा सदस्य जोख बहादुर महराले बताउनु भएको छ ।

रोल्पाको लुङ्ग्री गाउँपालिकामा आयोजित तेस्रो माध्यमिक विद्यालय स्तरीय रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहनुभएका उहाँले यस्तो कुरा बताउनु भएको हो । साथै उहाँले कार्यक्रममा बोल्दै खेलकुदको विकासको लागि नयाँ ढङ्गले अगाडी बढ्न सरकारसँग छलफल भइरहेको बताउनु भयो ।

खेलमा उपस्थित खेलाडीहरूलाई नियमित रूपमा खेल खेलेर स्वस्थ रहन आग्रह गर्दै, उहाँले गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताले गाउँ, जिल्ला, प्रदेश गर्दै राष्ट्रको पहिचान दिन ममत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

- Advertisement -
Ad image

जुनसुकै कुराहरू पनि सिक्ने चाहना हुने समय भनेको विद्यालय जाने समयमा हुने बताउदै सबै कुराहरूमा आफूलाई सक्रिय राख्न आग्रह गर्नुभयो । सरकार दिगो विकासका लक्षलाई कसरी अगाडी बढाउन सकिन्छ, भन्ने दिशातर्फ उन्मुख रहेको उल्लेख गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

Array