Ad image

लुङ्ग्री गाउँपालिकाको गाउँ सभाको १५ औँ अधिवेशन सम्मन्न

मालश्री खवर
मालश्री खवर २४ पुष २०८०, मंगलवार
1 Min Read
Aa

मालश्री खबर, पुस २४ गते किलाचौर रोल्पा ।

लुङ्ग्री गाउँपालिका गाउँ सभाको १५ औँ अधिवेशन सम्मन्न भएको छ । गाउँपालिकाको केन्द्र वडाचौरमा सम्मन्न भएको गाउँपालिकाले जनाएको छ ।

लुङ्ग्री गाउँपालिकाको गाउँसभाबाट लुङ्ग्री गाउँपालिका फोहोरमैला व्यवस्थापन नीति,२०८०, विनियोजन विधेक ,२०८०, गाउँपालिकाको आधिकारिक लोगो, सहकारी नीति लगाएतका नीतिहरु बहुमतले पारित गरेको छ ।

गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी गुरुङ र वडा अध्यक्षहरुले गाउँसभामा नीति, विधेकहरु पेश गर्नुभएको थियो ।

- Advertisement -
Ad image

गाउँसभाबाट उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै दुई जना कर्मचारीलाई गाउँपालिकाले सम्मान समेत गरेको छ । सम्मानित हुने कर्मचारीहरुमा गाउँपालिकामा कार्यरत कम्प्युटर सहायक अपरेटर ( सहायक पाचौँ) आदर्श केसी र कार्यालय सहयोगी महादेव गुरुङ रहेका छन् ।

अधिवेशनमा लुङ्ग्री गाउँपालिका अध्यक्ष भरत थापा, उपाध्यक्ष दिल कुमारी गुरुङ, वडा अध्यक्षहरु, गाउँ सभाका अन्य सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत जित बहादुर परियार, गाउँपालिकामा कार्यरत अन्य कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, लगाए   तको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array