मालश्री खबर, पुष २४ गते रोल्पा ।।
सुनिलस्मृति गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज उद्वघाटन गरिएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ चौथो गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितको आज (मंगलबार) उद्वघाटन गरिएको हो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुनिलस्मृति गाउँपालिका भित्रका १० वटा माध्यामिक विद्यालयका विद्यार्थीहरु आयोजित विभिन्न प्रतियोगितामा सहभागी भएका छन् ।
सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीको अध्यक्षतामा भएको उद्वघाटन कार्यक्रमको प्रमुख अतिथिमा लुम्बिनी प्रदेश सभाका सदस्य जोखबहादुर महरा र विषेश अतिथिमा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र पुन (सिजल) रहनु भएको थियो ।
प्रदेश सभा सदस्य दिपेन्द्र पुनले प्रतियोगिताको सफलताको शुभकामना दिदै यस्ता कार्यक्रमहरु जित्नको लागि मात्र नभएर आजको समाज, विश्व प्रतिस्पर्धाको बीच पनि तिव्र प्रतिस्पर्धाको दुनियाँ भएकोले त्यस्को लागि तयार हुनको लागि यस्ता प्रतियोगितात्मक कार्यक्रमको आयोजना हुने गरेको बताउनुभयो ।
अबको समाजमा प्रतिस्पर्धी नागरिक, प्रतिस्पर्धी जनशक्ति, दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने भएकोले स्थानीय सरकारले यस्ता कार्यक्रमहरु संचालन गरेको उहाको भनाई रहेको थियो ।
जनताको अभिभावक सरकार भएकोले भोली देशका कर्णाधार बालबालिकाहरुलाई यस्ता कार्यक्रमले देश दुनियाँमा प्रतिस्पर्धा गर्न सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य जोखबहादुर महराले खेलमा जित र हार स्वभाविक सम्झेर आफ्नो तर्फबाट उत्कृष्ट क्षमता प्रदर्शन गर्न सहभागी विद्यार्थीलाई आग्रह गर्नु भयो ।
सहभागी विद्यार्थीहरुको जितको मात्र मुल्यांकन नगरेर हार्ने विद्यार्थीको पनि मुल्याकन गर्नु पर्ने उहाको धारणा रहेको थियो । रुची, क्षमना र उत्कृष्ट अनुशासनको आधारमा पनि खेलको मुल्यांकन गर्नु पर्ने प्रतिकृया दिनु भएको छ ।
शुभकामना मन्तब्य राख्ने अन्य अतिथिहरुमा लुम्बिनी प्रदेश सभा सदस्य मिना बुढा मगर, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्य, सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुन, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, सुनलिस्मृति गाउँपालिकाका निवर्तमान अध्यक्ष गुणेन्द्र घर्ति लगायतको रहनुभएको थियो ।
सुनिलस्मृति गाउँपालिकाका उपाध्यक्ष मिना थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले गर्नु भएको थियो । उक्त कार्यक्रमको रेडियो मालश्रीले प्रत्यक्ष प्रशारण गरेको थियो । सुनिलस्मृति गाउँपालिकाको आयोजनामा संचालन हुन लागेको राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता बढिमा ५ दिन सम्म संचालन हुने सह–आयोजक विद्यालय सुर्योदय माध्यामिक विद्यालयका प्रधानाध्यापक बेगम कुवरले जानकारी दिनु भएको छ ।





प्रतिक्रिया दिनुहोस्