Ad image

खेल क्षेत्रमा लगानी बढाउन सांसद ईश्वरी जि.एम.को आग्रह

मालश्री खवर
मालश्री खवर २४ पुष २०८०, मंगलवार
3 Min Read
Aa

मालश्री खबर, पुष २४ गते रोल्पा 

खेल क्षेत्र लगानी बढाउन प्रतिनिधि सभा सदस्य ईश्वरी जि.एम.ले सरकारलाई आग्रह गर्नुभएको छ ।

रोल्पा त्रिवेणी गाउँपालिकाको छैठौँ राष्ट्रपति रनिङ सिल्डको उद्वघाटन कार्यक्रममा सोमबार जुगार पुग्नुभएकी प्रतिनिधि सभा सदस्य सांसद ईश्वरी जि.एम ले रनिङ शिल्डको लागि अहिले सरकारले १ लाख मात्र सहयोग गरेको र बाकी स्थानिय सरकारले खर्च गर्नु पर्ने भएकोले खर्चको भार स्थानिय सरकारलाई मात्र नभई केन्द्रिय सरकारको दायित्व र कर्तव्य भएको बताउनुभयो भयो ।

शिक्षा क्षेत्रको खेल रनिङ शिल्डमा लगानी बढाउन सके भोली परिणाम सकारात्मक आउने उल्लेख गर्नुभयो । आजको कलिलो उमेरमा नै शिक्षा संगै खेल क्षेत्रमा लगानी गर्न सकियो भने स्वास्थ्यको लागि र भोली देशको निम्ती खेल्ने खेलाडी उत्पादन गर्न सकिने बताउनु भएको थियो ।

- Advertisement -
Ad image

सांसद घर्तिले कार्यक्रममा बोल्दै आफु शिक्षा, स्वास्थ्य र सूचना प्रबिधि समितिमा सदस्य भएकाले यस समिति अन्तरर्गत युवा तथा खेलकुद मन्त्रालय पर्ने भएको हुँदा आफ्नो समितिले यस्ता सिल्ड खेलकुद कार्यक्रमहरु केन्द्रिय सरकारले वार्षिक कार्यक्रममा राखे पनि सिल्ड संचालन बापत खर्च न्युन दिने भएको हुदा सरकारले कम्तिीमा पनि कार्यक्रमहरु संचालन गर्नको लागि पुग्ने वजेट विनियोजन गर्न माग गरेको बताउनुभयो ।

सिल्ड संचालनमा स्थानिय सरकारको अहम भुमिका रहेपनि यो केन्द्रिय सरकारको दायित्व भएकोले आवश्यक्ताको आधारमा लगानी गर्न सकिएन भने नामको मात्रको आयोजना हुने र यस्ता कार्यक्रम गुणस्तरबिहिन हुने जिकिर गर्नुभयो ।

सांसद घर्तिले शिक्षा क्षेत्रमा ५ दशक भन्दा अगाडी २०२८ सालमा बनेको शिक्षा ऐनको भरमा अहिले सम्म नेपालको शिक्षा प्रणाली चलिरहेकोले अब नयाँ ऐन आउनु र ल्याउनु पर्ने बताउनु भएको थियो ।

शिक्षा ऐन परिवर्तन गर्नुपर्छ भन्ने महसुुुस गरेर नेपाल सरकारले नयाँ विद्यालय शिक्षा विद्ययक सदनमा पेस भएको अवश्थामा शिक्षक संघले आन्दोलन गरे पश्च्यान सहमती भएका वुदाहरुको औचित्य के हो ? भन्ने शिक्षा, स्वास्थ्य र सूचना प्रबिधि समितिले हेरी रहेको र शिक्षक संघ संग सहमती भएका कुराहरु सरकारले अक्षर अक्षर पालना गर्नुपर्ने बताउनुभयो ।
शिक्षक संघ संग भएका सहमती, सम्झौतालाई सरकारले पालना गर्न सकेन भने शिक्षा विद्ययक सहि हुन नसक्ने औल्याउनुभयो ।

शिक्षा विद्ययकमा शिक्षकका कुरा, विद्यार्थीका कुरा, अभिभावकका कुरा, विव्यसका कुरा समेटिन सकिएन भने विद्ययकको औचित्य नहुने बताउनुभयो ।

अझैपनि धेरै विद्यालयमा भैलो खेलेर, सामाजिक चन्दा उठाएर शिक्षकलाई तलव खुवाउनुपर्ने बाध्यात्मक प्रस्थितीको नयाँ शिक्षा विद्ययकले समेटनु पर्ने कुराको आफुहरु गृहकार्यमा रहेको बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array