Ad image

सामी परियोजना कार्यक्रम दिगोपनाका लागि स्थानीय सरकारको भूमिका विषयक गोष्ठी लिवाङमा सम्पन्न

मालश्री खवर
मालश्री खवर २३ पुष २०८०, सोमबार
2 Min Read
Aa

मालश्री खबर, लिवाङ रोल्पा ।

सामी परियोजना कार्यक्रम दिगोपनाका लागि स्थानीय सरकारको भूमिका विषयक गोष्ठी लिवाङमा सम्पन्न भएको छ । रोल्पा नगरपालिकाको आफ्नै हलमा सम्पन्न भएको कार्यक्रममा वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन परियोजना सामी कार्यक्रम नेपाल सरकार र स्वीस सरकार बिच सम्पन्न दुईपक्षिय सम्झौता अन्तर्गत सञ्चालनमा रहेको छ । हेल्भेटाँसको सहयोगमा सञ्चालित यो फेजको परियोजना असार मसान्तमा सम्पन्न हुने बताइएको छ ।

वैदेसिक रोजगारीमा गएकाहरुको यदि श्रम सम्झौता अवधिभरमा विदेशमा वा नेपालमै भएपनि यदि मृत्यु भयो भने नेपाल सरकारले दिने कल्याणकारी कोष रकमको बारेमा धेरै रोल्पालीहरूले थाहा नपाउँदा धेरैको राहत रकम खातामा नआएको सामी परियोजनाका विष्णु अर्यालले बताउनुभयो ।

- Advertisement -
Ad image

दिगोपनाका लागि स्थानीय सरकारको भूमिका विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । २०६२ सालपछि वैदेशिक रोजगारीमा मृत्यु भएका धेरै रोल्पालीहरूले यदि नेपाल सरकारबाट यदि कल्याणकारी कोषको रकम प्राप्त गरेका छैनन भने अहिले पनि स्थानीय तहको सिफारिस लिएर सामीको कार्यालयमा बुझायो भने रु २५ हजार क्रियाखर्च बापत दिइने गरेको बताउनुभयो ।

वैदेशिक कम्पनी र बिमाले दिएको रकम मात्रै बुझेर धेरैले नेपाल सरकारको कल्याणकारी कोषको रकम नै लिनेबारे थाहा नपाएर राहत प्राप्त गर्न नसकेको बताउनुभयो  ।

अहिले पनि नेपाल सरकारले वैदेशिक रोजगारीमा मृत्यु भएकाहरूको बालबालिकालाई छात्रवृत्ति दिने, परिवारलाई ठुलो रोग लागेमा सरकारले उपचार गर्ने गरेको तर यसबारेमा उनका परिवारहरू अझैँ अनभिज्ञ रहेकोबारेमा जानकारी दिदै स्थानीय तहले पनि यसबारेमा सचेतना प्रवाह गर्न आग्रह गर्नुभयो । अर्यालले स्थानीय तहको रोजगार सेवा केन्द्रमार्फत तथ्याङ्क सङ्कलन गर्न सकिने प्रावधान रहेको बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख सुरेन्द्र थापा घर्ती, उपप्रमुख गिता आर्चाय, निमित्त प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर गिरी, कार्यपालिकाका पदाधिकारीहरू विभिन्न शाखा प्रमुखहरू, सामीका जिल्ला कार्यक्रम संयोजक शरद पोखरेल लगायतको सहभागिता रहेको थियो ।

साभारः राेल्पा नगरपालिकाको सचिवालय

प्रतिक्रिया दिनुहोस्

Array