Ad image

आइ एन एफ रोल्पाको एजुकेट परियोजना समापन तथा सामाजिक लेखा परीक्षण स्युरीमा सम्पन्न

मालश्री खवर
मालश्री खवर २२ पुष २०८०, आईतवार
7 Min Read
Aa

मालश्री खबर, पुष २२ गते रोल्पा

आइ एन एफ नेपाल रोल्पा शाखाको एजुकेट परियोजना समापन तथा आर्थिक वर्ष २०८०/०८१ को सामाजिक लेखा परीक्षण सुनछरी गाउँपालिका वडा नम्बर ४ स्युरी आइतबार सम्पन्न भएको छ । सुनछरी गापा वडा नम्बर ४ का वडा अध्यक्ष हर्कराम बुढामगरको अध्यक्षतामा कार्यक्रम भएको आइएनएफ नेपाल रोल्पा शाखाले रेडियो मालश्रीलाई जानकरी दिएको छ ।


जलवायु अनुकल जिविकोपार्जन एजुकेट परीयोजनाका बारेमा आइएनएफका एजुकेट परीयोजनाका सुनछहरी गाँउपालिका वडा न. ४ की टिम लिडर सलिना बुढामगरले आर्थिक बर्ष २०८०/०८१ मा परीयोजनाले पछिल्लो ६ महिनामा गरेको प्रगति पस्तुत गर्नु भएको थियो । परियोजनाले विपन्न समुदायको आर्थिक विकासका लागि कृषि तथा प्रविधिको सशक्तिकरणको क्षेत्रमा रहेर काम गर्दै आएको बताइएको छ । परियोजना समुदायमा रहेर प्रत्यक्ष रुपमा करेसावारी, वृक्षारोपान, खानेपानी, सौचायल निर्मान, चाङ निर्माण, एकिकृत व्यवसायिक तालिम, पोखरी निर्माण, जैविक मल बनाउने तालिम, गोठ सुधार, चूलो बनाउने, चूलो जडान, मर्मत सम्भार, चूलो वितरण, वन सुधार, नयाँ भन्छा घर निर्माण लगाएत विभिन्न सशक्तिकरणको क्षेत्रमा योगदान गर्दै आएको छ । परियोजनाले २०७५ साल श्रावन देखी काम गर्न सुरु गरेको थियो । एजुकेट परियोजना २०८० साल श्रावन महिनामा सकिए पनि ६ महिना थप भएर २०८० पौष मसान्त सम्म रहेको बताइएको छ । परियोजनाले सुनछहरी गाँउपालिका वडा नं.२, ३ र ४ मा बसोवास गर्ने विपन्न समुदायका मानिसहरूको गुणस्तरीय जीवनका निम्ती दिगो सहयोग पुर्याउनेका गर्दै आएको छ । टिम लिडर सलिना बुढामगरले परियोजनाले वडा न. ४ स्युरीमा बाछापो स्वावलम्वनव समूह, स्रिजनशिल स्वावलम्वन समूह, हरियाली स्वावलम्वन समूह, प्रगतिशिल स्वावलम्वन समूह, लालिगुराँस स्वावलम्वन समूह, छहरी स्वावलम्वन समूह, श्रीछम स्वावलम्वन समूह गरि ७ वटा समुह मार्फत काम गरि रहेको समेत बताउनु भएको छ ।

२०६९ सालमा आइ एन एफ रोल्पाले हिमाली जीविकोपार्जन परियोजना, सामुदायिक प्रतिकार्य परियोजना मार्फत रोल्पाको थबाङ गाँउपालिका रहेर ५ बर्ष काम गरेको थियो । २०७५ साल देखि भने आइ एन एफ रोल्पा शाखाले सुनछहरी गाँउपालिकाको वडा न. २,३ र ४ मा EDUCATE, WASH र Climate Change क्षेत्रमा रहेर काम गर्दै आएको छ ।

- Advertisement -
Ad image

कार्यक्रममा बोल्दै सुनछरी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हर्क राम बुढामगरले आफ्नो वडाका आम मानिसलाई आर्थिक आत्र्मनिर्भर बनाउन तर्फ उन्मुख गरेकोमा आइएनएफ रोल्पालाई धन्यबाद दिनु भएको छ । परियोजनाले समाज परिबर्तन गर्नको लागी महत्पुर्ण काम गर्नुको साथै परियोजनाले अत्यन्तै पारदर्शी तरिकाले काम गरेको समेत बताउनु भएको छ । परियोजना सकिए पनि परियोजनाले देखाएको बाटोमा हिड्नु पर्ने बताउदै अध्यक्ष घर्तिमगरले वडा सरकारले कुनै सहयोग गर्नु परेमा वडा बाट हुने सबै खालको सहयोग गर्न आफु सधै तयार हुने पनि बताउनु भएको छ । सुनछहरी गाँउपालिका वडा न. ४ मा हाल सम्म धेरै संघ संस्थाहरु समाज परिबर्तनको लागी भनेर काम गर्न आएको भए पनि आए एन एफ जस्तो पारदर्शी तरिकाले समाजको चेतना बिकास र आर्थिक आयआर्जनको पाटोमा कसैले पनि काम नगरेको बताउनु भएको छ । परियोजना सकिन लागेकोमा वडा अध्यक्ष घर्तिमगरले दुःख व्यक्त गर्नु भएको छ ।

सोही कार्यक्रममा बोल्दै आइएनएफ नेपाल रोल्पा शाखाका परियोजना संयोजक तिलक भण्डारीले परियोजनाले कुनै निश्चित आफ्नै प्रकारको लक्ष उदेश्य लिएर आउने कुरा बताउदै, परियोजनाको आफ्नो गर्नु पर्ने लक्ष पुरा भए पछि स्वत सकिने भएको हुनाले परियोजना सकिएकोमा चिन्ता नगर्न आग्रह गर्नु भएको छ । एजुकेट परियोजनाको समयावधी सकिएकोे भए पनि आइएनएफ रोल्ला शाखा भने अझै केहि समय सुनछहरी गाँउपालिमा रहेर काम गर्ने समेत बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै सुनछहरी गाँउपालिका वडा न. ४ की वडा सदस्य निशा बिकले आइ एन एफले रोल्पाले संचालन गरेको एजुकेट परियोजनामा आफु सुरु देखी नै जोडीएर काम गर्दै आएको बताउनु भएको छ । परियोजना नआउदा आफुले आफ्नो परिचय समेत दिन नसक्ने आफु परियोजनामा जोडीए पछि आफुमा चेतना बिकास र आर्थिक आयआर्जजनको बोटोमा हिड्नको लागी सजिलो भएको बताउनु भएको छ । उँहाले थप्दै भन्नु भयो अहिले म वडा सदस्य पदमा निर्बाचित भएर आम नागरिकको सेवा गर्न पाएको छु यँहा सम्म पुग्न समेत परियोजनाको महत्वपुर्ण भुमिका रहेको समते बताउनु भएको छ ।

सुनछहरी गाँउपालिका वडा न. ४ का वडा सचिव खड्क बहादुर गाहामगरले आइ एन एफले सञ्चालन गरेको एजुकेट परीयोजनाको कारणले नै सुनछहरी गाउँपालिका वडा नम्बर ४ प्रेम चित्र टोललाई रोल्पा जिल्लामै चौथो सरसफाई वडा उन्मुख घोषणा गर्न सफल भएको दाबी गर्नु भयो । परियोजले ल्याएको सुधारिएको चुलो निमार्णबाट समुदायमा आँखाका र स्वासप्रस्वास रोगीहरुको संख्यामा कमि आएको र फिल्टर बितरण बाट झाडा पखलाका बिरामिहरुको संख्यामा कमि आएको समेत बताउनु भएको छ ।

सोही कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय माद्यामिक बिद्यालय सुनछहरी गाँउपालिका वडा न. ४ स्यूरीका बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष रनबहादुर घर्तिमगरले आइ एन एफ रोल्पाले समुदायको चेतनाको बिकास गर्न र आर्थिक आयआर्जनको बाटोमा जोड्नकोलागी महत्वपुर्ण काम गरेको बताउनु भएको छ । बिशेष गरि शिक्षा, स्वास्थ्य, कृषि र जलबायू अनुकुलनको क्षेत्रमा राम्रो काम गरेको समेत बताउनु भएको छ । आफु सुरु देखि परियोजना सँग जोडिएको अनुभब सुनाउदै बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष घर्तिमगरले अब परियोजनाले देखाएको बाटोमा लाग्न सबैलाई आग्रह पनि गर्नु भएको छ ।

कार्यक्रममा सहभागि अन्य व्यक्तिहरुले आइ एन एफ नेपाल रोल्पाले वडा नम्बर ४ मा थुप्रै राम्रो कार्य गरेको भन्दै उक्त परीयोजनाको प्रसंसा गरेका थिए । यस परीयोजनाले आफुहरुको आयस्तर माथी उठाउनको लागि भूमिका खेलेको समेत बताएका छन् । परीयोजनाले व्यवस्थित करेसावारी, गोठ निर्माण, मलको प्रयोग, चर्पीको प्रयोग, हात धुने तरीका, आधुनीक कृषिको बारेमा थुप्रै कुराहरु सिकाएको भन्दै परीयोजना सकिन लागेकोमा दुःख समेत व्यक्त गरेका छन् ।

कार्यक्रमको सहजीकरण रेडियो मालश्रीका पत्रकार लोकेन्द्र चन्द ले गर्नुभएको थियो । सोही प्रकृतिको कार्यक्रम २३ गते वडा नम्बर ३ बाहिरी गाम र २४ गते वडा नम्बर २ भित्रीगाममा सञ्चालन हुने आइएनएफ रोल्पाले जनाएको छ ।

साथै आजनै आइ एन एफ नेपाल रोल्पा शाखाले सुनछहरी बहुउद्देश्यीय सहकारी संस्था संस्थाका अध्यक्ष भागिलाल घर्तिमगरलाई सुनछहरी गाँउपालिका वडा न. ४ का वडा अध्यक्ष हर्कराम बुढामगर मार्फत सहकारी संस्थालाई कम्प्यूटर लगाएल अन्य आवश्यक सामाग्रहरुहरु ७५ हजार बराबरको सामाग्रीहरु हस्तान्तरण गरिएको समेत आइ एन एफ रोल्पा रोल्पा शाखाका परियोजना संयोजक तिलक भण्डारीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array