Ad image

नेकपा एमाले रोल्पाको वैठक तथा भेटघाट सुनिल स्मृतिमा सम्पन्न

मालश्री खवर
मालश्री खवर २२ पुष २०८०, आईतवार
2 Min Read
Aa

२२ पौष २०८०, आइतबार ।

नेकपा (एमाले) रोल्पाद्वारा संगठन सुदृढीकरण अभियान अन्तरगत वैठक, भेला तथा भेटघाट कार्यक्रम हिजो सुनिल स्मृति गाउँपालिकाको रुईनिबाङमा सम्पन्न भएको छ।

नेकपा एमाले सुनिल स्मृति गाउँपालिकाकी अध्यक्ष तारा सेनको अध्यक्षता र नेकपा एमालेकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य ईश्वरी घर्तीमगरको प्रमुख आतिथ्यतामा सम्पन्न पालिका स्तरको वैठक तथा भेलाले विगतको समीक्षा गर्दै आगामी दिनहरुमा वडा र टोल स्तर सम्म जाने योजना बनाउनुका साथै पार्टीका जनवर्गीय संगठनहरुलाई पालिका, वडा र टोल स्तर सम्म विस्तार र कृयाशिल बनाउने निर्णय गरेको छ ‌। साथै भेलाले जनताहरूको विविध समस्या र सवालबारे सम्बन्धित गाँउपालिका, प्रदेश र संघीय सरकारलाई ध्यानाकर्षण गराउनुका साथै तिन तहकै सरकारले गरिरहेको गतिविधिलाई नजिकबाट नियाल्दै अनियमितता र भ्रष्टाचार देखिए खबरदारी गर्ने निष्कर्ष निकालेको छ।

कार्यक्रममा एमाले रोल्पाका सचिव अमृत बुढामगर, पुर्व प्रदेश कमिटी सदस्य घनश्याम आचार्य, एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा सुनिल स्मृति गाँउपालिका ईन्चार्ज बोम बहादुर पुन, पार्टी जिल्ला सदस्यहरु मेख बहादुर बुढाथोकी, अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सन्तोष बाठा मगर, अनेरास्ववियु रोल्पा संयोजक सुर्य बि।क।, धरम बुढाथोकी लगायत नेताहरुको सहभागीता रहेको थियो ।

- Advertisement -
Ad image

तुक बहादुर बिष्टको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन गाउँ कमिटि सचिव दिलिप थापाले गर्नुभएको थियो। जिल्ला व्यापी संगठन सुदृढीकरण तथा भेटघाट अभियान अन्तरगतको सोहि कार्यक्रम भोलि रुन्टिगढि गाँउपालिकाको होलेरीमा हुने एमाले रोल्पाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array