Ad image

होलेरी बजारको छड्के अनुगमन

मालश्री खवर
मालश्री खवर २१ पुष २०८०, शनिबार
3 Min Read
Aa

कमल खड्का

२१ पौष २०८०, शनिबार ।

होलेरी बजारमा अनुगमन गरिएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिकाको प्रमुख बजारको रुपमा परिचित होलेरी बजारका डेरी उद्योग, मासु पसल, एग्रोभेट लगायतमा बिहिबार छड्के अनुगमन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाले अनुगमन गरेको हो । अनुगमनको क्रममा फोहोर भाँडोमा राखिएको ३ लिटर दही, खान अयोग्य, ९ किलो कुहिएको मासु, बाहिर खुल्ला ठाउँमा राखिएको २ किलो माछा तथा ४ किलो मासु र रौँ नै नफालेको बेच्न राखेको कुखुराको टाउका तथा खुट्टा २ किलो जफत गरि नष्ट गरिएको छ । अनुगमन गरिएका दुग्ध तथा मासु पसलहरु मापदण्ड बिपरित संचालनमा रहेको पाइएको छ । मापदण्ड बिपरित सञ्चालन गरिएको पसलहरुका सञ्चालकहरुलाई गाउँपालिकाको सभाहलमा राखेर अभिमुखिकरण पनि गरिएको छ ।

- Advertisement -
Ad image

अभिमुखिका क्रममा भेटेरिनरी तथा पसु विज्ञ डा।शंकर न्यौपानेले मापदण्डका बिषयमा, मापदण्ड पुरा नगरे हुने असर तथा मापदण्ड पुुरा नभए कानुनी रुपमा पर्ने अप्ठेराका सम्बन्धमा स्पष्ट पार्नु भएको थियो । व्यवसायीहरुले आफ्ना व्यवसाय ब्यक्तिगत जग्गामा सञ्चालन नगरेको र विद्यालयको जग्गामा गरेको हुँदा कति खेर हटाइ दिने हो भन्ने डरले मापदण्ड पुरा नगरेको कुरा बताएका छन् ।

खुल्ला सत्रमा उठेका गुनासाको सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारीले कुनै पनि अ‍ैलानी प्रतिऐलानी मन्दिर तथा विद्यालयको सार्वजनिक जग्गामा बिनाअनुमति व्यबसाय सञ्चालन गर्नु कानुनु बिपरितको काम भएको उल्लेख गर्नुभयो । यदि बिनाअनुमति तथा सम्झौता बेगर सार्वजनिक जग्गामा व्यबसाय सञ्चालन गरी मापदण्ड पुर्‍याउन सकिन्न भने ती घर टहराहरु जति बेला पनि हटन सक्ने हँुदा अन्य ठाउँमा व्यबसाय सञ्चालन गर्न समेत आग्रह गर्नुभयो ।

त्यस्तै खरिद बिल बिना माछा मासु तथा सामान खरिद गरिएको पाइएमा बिक्री गर्न लिएको बिक्रेताको सामानलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीको दायरामा समेत इप्रका होलेरीलाइ निर्देशन दिनु भएको छ । उहाँले कोही कसैले लुकी छिपी खरिद बिल बिना माछा मासु बिक्री गरिरहेको भए १०० मा फोन गरेर गोप्य सुचाना दिन समेत अनुरोध गर्नुभयो ।

रुन्टीगढी गाउँपालिका अध्यक्ष पुनले ऐलानी प्रतिऐलानी मन्दिर तथा विद्यालयको जग्गामा बनेका घर तहराहरु व्यबस्थापन गर्ने मापदण्ड गाउँपालिकामा बनेको हुदा भुमि ओयोग संग सहकार्य गरेर व्यबस्थापन गर्ने क्रममा तहराहरु हट्ने संभावना भएको हुँदा अन्त्र ठाउँ मापदण्ड पुर्‍याएर व्यबसाय गर्न समेत निर्देशन दिनुभयो छ ।

प्रतिक्रिया दिनुहोस्

Array