Ad image

संचारकर्मीहरुसंगको अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम लिबाङमा सम्पन्न

मालश्री खवर
मालश्री खवर १८ पुष २०८०, बुधबार
6 Min Read
Aa

मालश्री खबर, पौष १८ गते रोल्पा ।

जनस्वास्थ्य तथा सम्बद्ध बिषयमा संचारकर्मीहरुसंग अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम लिबाङमा सम्पन्न भएको छ ।
स्वास्थ्य कार्याल रोल्पाको आयोजनामा जिल्ला स्थित क्रियाशिल संचारकर्मीहरुसंग जनस्वास्थ्य तथा सम्बद्ध बिषयमा बुधबार सदरमुकाम लिबाङमा अन्तरक्रिया कार्यक्रम गरिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रमको प्रमुख अतिथिमा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे रहनु भएको थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत बिशाल सुबेदीले स्वास्थ्य सम्बन्धि संबैधानिक हाल सम्म भएको ब्यबस्था, स्वास्थ्य बिकासको आधार, जिल्लामा संचालित मुख्य जनस्वास्थ्य कार्यक्रम र क्षेत्रहरु, स्वास्थ्य कार्यालय रोल्पा बाट आ.व. २०७९/८० मा सम्पादित मुख्य मुख्य कार्यक्रमहरु, आ.व.०८०/८१ मा स्वास्थ्य कार्यालय रोल्पाले गर्नु पर्ने मुख्य मुख्य कार्यक्रमहरु र स्वास्थ्यको क्षेत्रमा जिल्ला, प्रदेश र केन्द्रको बर्तमान तथ्यांकीय अबस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।

- Advertisement -
Ad image


नेपालको संबिधानमा नै धारा ३५ स्वास्थ्य सम्बन्धि मौलिक हक, धारा ३८ महिलाको हक र धारा ३९ बालबालिकाको हक उल्लेख भएको जानकारी गरादैँ कार्यालय प्रमुख सुबेदीले आम नागरिक कोही पनि स्वास्थ्य सेवा नपाएर अकालमा ज्यान गुमानु पर्ने अवस्था नभएको बताउनु भएको छ ।

नेपालको संविधान २०७२ मा प्रस्त रुपमा तिन तहको स्वास्थ्यको संरचना रहेने व्यवस्था गरेको छ । नागरिकको स्वास्थ्य आवश्यकता पुर्ति हुनको लागी, स्वास्थ्य पूर्वाधार, मानब श्रोत, औषधी तथा उपकरण, सुचना प्रणाली नेतृत्व सुशासन र आर्थिक श्रोतको राम्रो हुन सके मात्र स्वास्थ्य क्षेत्रको सोचे जस्तो उपल्बधि हासिल हुने कुरा स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख बिशाल सुबेदीले उल्लेख गर्नु भएको छ ।
रोल्पा जिल्लामा जिल्ला स्तरको १ वटा सरकारी अस्पताल, २ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ४९ वटा स्वास्थ्य चौकी २२ वटा आधारभुत स्वास्थ्य सेवा केन्द, ३४ वटा सामुदायिक स्वास्थ्य इकाई केन्द्र ५ वटा शहरी स्वास्थ्य केन्द्र, १ सय ७५ वटा गाँउघर क्लिनिक, २ सय २० खोप क्लिनिक र ४ सय ५९ महिला सामुदायिक स्वास्थ्य स्ंवयम सेविकाहरु मार्फत स्वास्थ्य सेवा प्रदान भैइरहेको छ ।

हाल जिल्लामा संचालित मुख्य जनस्वास्थ्य कार्यक्रमको बारेमा समेत स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख बिशाल सुबेदीले प्रस्तुतिका क्रममा जानकारी गराउनु भएको छ । जिल्लामा संचालित मुख्य जनस्वास्थ्य कार्यक्रमहरुमा बाल स्वास्थ्य कार्यक्रम अन्तरर्गत, राष्ट्रिय खोप कार्यक्रम, पोषण कार्यक्रम, समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकिकृत व्यवस्थापन कार्यक्रम परिवार स्वास्थ्य कार्यक्रम अन्तरर्गत, सुरक्षित मातृत्व कार्यक्रम, परिवार नियोजना कार्यक्रम, सुरक्षित गर्भपतन सेवा कार्यक्रम, किशोर किशोरी यौन तथा प्रजनन् स्वास्थ्य कार्यक्रम, गाउँघर क्लिनिक कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम रोग नियन्त्रण कार्यक्रम अन्तरर्गत, क्षयरोग÷कुष्ठरोग नियन्त्रण कार्यक्रम, एच.आई.भी.÷एड्स तथा यौन रोग नियन्त्रण कार्यक्रम, औलो, कालाजार तथा किटजन्य रोग नियन्त्रण कार्यक्रम, महामारी तथा विपद व्यवस्थापन कार्यक्रम, नसर्ने रोग तथा मानसिक स्वास्थ्य कार्यक्रम संचालन गरि रहेको समेत बताउनु भएको छ । त्यसका अलवा अन्य स्वास्थ्य कार्यक्रमहरु, आपूर्ति व्यवस्थापन कार्यक्रम, स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली कार्यक्रम, स्वास्थ्य शिक्षा, सूचना तथा संचार कार्यक्रम, स्वास्थ्य तालिम कार्यक्रम र स्वास्थ्य बिमा कार्यक्रम समेत रहेको बताउनु भएको छ ।

अहिले पनि १० देखि १९ बर्षको किशोर किशोरीहरुमा ३९ प्रतिशतमा रक्तअल्पत्ता, २५ प्रतिशतमा कम तौल र ५३ प्रतिशतमा मोटोपना वा अधिक तौल रहेकोे छ भने १४ प्रतिशत १० देखि १९ बर्षको उमेरमै आमा बन्ने गरेको समेत अनुशन्धानमा उल्लेख भएको बताउनु भएको छ ।
बिगतको भन्दा पछिल्लो समय स्वास्थ्यमा राम्रो सुधार भए पनि राज्यको लगानी प्राप्त हुन नसक्दा अझै स्वास्थ्य क्षेत्रमा राज्यले सोचे उपलब्धी हासिल हुन नसेको बताउनु भएको छ । राज्यको कुल बजेटको न्यूनतम १० प्रतिशत रकम स्वास्व्थ्य क्षेत्रमा लगानी गर्ने व्यवस्था भए पनि अझै राज्यले त्यसरी लगानी गर्न नसक्दा पनि स्वास्थ्य क्षेत्रमा सोचेको जस्तो विकास नभएको बताउनु भएको छ ।

उक्त कार्यक्रममा बोल्ने अधिकांस पत्रकारहरुले रोल्पामा पछिल्लो समय स्वास्थ्य क्षेत्र प्रति आम नागरिकको सकारात्मक बुझाइ बन्दै गएको र स्वास्थ्य क्षेत्रको विकासमा पनि उल्लेखनिय सुधारको देखिएको बताएका थिए । अहिले पनि जिल्लाको केहि दुर्गम क्षेत्रका नागरिकहरु स्वास्थ्यको न्यूनतम सेवा बाट पनि बन्चित हुर्नु पर्ने अवस्था रहेको भन्दै त्यसका लागी पनि स्वास्थ्य कार्यालयले स्थानिय सरकारहरु सँग समन्वय गरि ति नागरिकहरुलाई स्वास्थ्यको पहुचमा ल्याउनु पर्ने सुझाब दिएको थिए । स्वास्थ्यको टिमले जसरी रोल्पाली नागरिकहरुलाई स्वास्थ्य राख्नेको लागी हाल सम्म खेलेको भुमिकाको समेत प्रसंसा गरेका छन् ।


कार्यक्रमका बोल्दै कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले स्वास्थ्य क्षेत्रमा पछिल्लो समय राम्रो सुधार भएको बताउनु भएको छ । अझै जिल्लाको स्वास्थ्यकोे अवस्था सुधार गर्नको लागी धेरै कुरा बाकि रहेको हुनाले त्यो सुधारको लागी जिल्लाको सरोकारवाला पक्ष सबै एक भएर लाग्नु गर्ने समेत बताउनु भएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नावय उपरिक्षक श्याम कुमार सारुमगर, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगर, संस्थापक अध्यक्ष काशिराम डाँगी, पुर्ब अध्यक्ष खेमबहादुर बुढामगर, निबर्तमान अध्यक्षहरु महेश न्यौपाने र मानसिंह बिक, बर्तमान सचिब लोकेन्द्र चन्द लगाएत जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

स्वास्थ्य कार्यालय रोल्पाका लेखापाल मोतिराज न्यौपानेको स्वागत मनतव्य बाट सुरु भएको कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय रोल्पाका पोषन फोकल प्रसन डिल्ली केसिले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array