Ad image

स्वास्थ्य कार्यालय रोल्पाले अशक्त जेष्ठ नागरिकलाई घरमै गएर स्वास्थ्य परिक्षण गर्ने

मालश्री खवर
मालश्री खवर १८ पुष २०८०, बुधबार
1 Min Read
Aa

मालश्री खबर, पुष १८ गते रोल्पा

स्वास्थ्य कार्यालय रोल्पाले जेष्ठ नागरिकको घरमै गएर स्वास्थ्य परिक्षण गर्ने भएको छ ।

स्थानिय तहहरुको सहकार्यमा ‘नागरिकसंग स्वास्थ्यकर्मी कार्यक्रम’ अन्तर्गत रोल्पाका सबै स्थानिय तहमा पुष २२ गते देखी माघ ७ गते सम्म यो कार्यक्रम संचालन हुनेछ ।

८० बर्ष माथीका अशक्तता भएका ‘क’ र ‘ख’ वर्गका जेष्ठ नागरिकहरुको घरमै गएर स्वास्थ्य परिक्षण गर्ने स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख बिशाल सुवेदीले जानकारी दिनुभएको छ ।

- Advertisement -
Ad image

रोल्पा जिल्लाका सबै स्थानिय तहका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य कर्मचारीहरुबाट निःशुल्क स्वास्थ्य परिक्षण, परामर्श सेवा संचालन हुने बताइएको छ ।

यो कार्यक्रममा सबैले आ–आफ्नो तर्फबाट सहयोग र समन्वय गरिदिन स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख बिशाल शुबेदीले अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array