Ad image

नेकपा एमाले रुन्टीगढी गाउँकमिटीले पार्टी भेला तथा प्रशिक्षण गर्दै

मालश्री खवर
मालश्री खवर १८ पुष २०८०, बुधबार
1 Min Read
Aa

कमल खड्का
१८ पौष २०८०, बुधबार ।
नेकपा एमाले रुन्टीगढी गाउँकमिटीले पौष २३ गते पार्टी भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

भेला तथा प्रशिक्षण कार्यक्रम अवसरमा पारेर नेकपा एमाले पार्टी कार्यालय समेत उद्घाटन गर्ने गाउँकमिटी अध्यक्ष अमराज बस्नेतले जानकारी दिनु भएको छ । कार्यक्रम रुन्टीगढी गाउँपालिका नेकपा गाउँकमिटीको अध्यक्ष अमराज बस्नेतको अध्यक्षतामा हुने भएको छ ।

कार्यक्रम लाई संबोधन गर्न पोलिट ब्युरो सदस्य गोकुल घर्ती, पार्टि केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य इश्वरी जि.एम, लुम्बिनी प्रदेश सभा सदस्य यमुना रोका, केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज जीवन गौतम, प्रदेश कमिटिका पदाधिकारी, लिल्ला कमिटिका पदाधिकारी लगाएतको उपस्थिति रहने छ ।

कार्यक्रममा सहभागीताको लागि नेकपा एमाले, टोलकमिटीका पदाधिकारीहरु वडा कमिटी, पालिका कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटी, केन्द्रीय कमिटी, शुभचिन्तक, सहिद परिवार, तथा सबै जनबर्गिय संगठनहरुलाई अनुरोध गरिएको छ। कार्यक्रम रुन्टीगढी गाउँपालिकाको सभाहलमा हुने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array