Ad image

राष्ट्रपति रनिङ शिल्डको समापन,शिल्डको उपाधि सिद्वार्थ नमुना माविलाई

मालश्री खवर
मालश्री खवर १७ पुष २०८०, मंगलवार
2 Min Read
Aa

भुवन केसी
मालश्री खबर, पुष १७ गते रोल्पा/

रोल्पाको गंगादेव गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नतिजा सिद्धार्थ नमुना माविलाई हातमा परेको छ ।

आईतबार सम्पन्न भएका सबै खेलहरुको नतिजा संगै दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १३ स्वर्ण, ११ रजत, ८ कास्य गरि सबै ३२ पदक प्राप्त गरी सिद्धार्थ नमुना मावि दोस्रोपटक शिल्ड बिजेता बनेको छ । सिद्धार्थ नमुना मावि अघिल्लो बर्ष पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बिजेता बनेको थियोे ।

यस्तै राष्ट्रिय माबि मेलडारी ओतले ५ स्वर्णपदक, १ रजत ,३ कास्यपदक गरि ९ पदक ल्याएर उपबिजेता बनेको छ ।

- Advertisement -
Ad image

त्यसैगरि अन्य विभिन्न विद्यायलहरुले निम्न पदकहरु हात पारेका थिए । जीवन ज्योति मावि देउलटाकुरा रोल्पाले ४ स्वर्ण ,१ रजत ,८ कास्य गरी जम्मा १४ पदक हात परेको छ। गंगा माविले ३ स्वर्ण ,२ रजत, २, कास्य गरि जम्मा ७ पदक जितेको छ ।

बुद्धि विकास तथा थप प्राबिधिक मावि राटामाटाले २ स्वर्ण ,५ रजत ,४ कास्य गरि जम्मा ११ पदक ,नेपाल राष्ट्रिय मावी सिमखोलाले ० स्वर्ण ,१ रजत ,० कास्य जम्मा २ पदक ,बिरेन्द्र मावी नाउली ० स्वर्ण ,० रजत ,४ कास्य गरि जम्मा ४ पदक ,सरस्वती मावी मालेखोला ,२ स्वर्ण ,२ रजत ,० कास्य गरि जम्मा ४ पदक ,पृथ्वीनारायण मावि जायाचौर ,१ स्वर्ण ,३ रजत ,२ कास्य गरी जम्मा ६ पदक र सरस्वती मावि बल्लेपोखरी रोल्पाले ० स्वर्ण २ रजत २ कास्य गरि जम्मा ३ पदक हात पारेको छ ।

राष्ट्रपति रनिङ शिल्ड यहि पुस ११ गतेदेखि १५ गतेससम्म श्री सिद्धार्थ नमुना मा.वि. घोप्टेओढार गंगादेव–३ को प्राङगनमा संचालन भएको थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन आज हुने शिक्षा शाखा प्रमुख अंग बहादुर वलीले जानकारी गराउनु भएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गंगादेव गाउँपालिका भित्रका माथि उल्लेखित १० विद्यालयहरुको सहभागी रहेको थियो। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल (छात्र÷छात्रा), कबड्डी (छात्र÷छात्रा), एथलेटिक्सका विभिन्न खेलहरु भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array