Ad image

रोल्पामा ५५ हजार राशिको फुटबल प्रतियोगिता हुदै

मालश्री खवर
मालश्री खवर १६ पुष २०८०, सोमबार
2 Min Read
Aa

मालश्री खबर, पुष १६ गते रोल्पा 

रोल्पाको लिबाङमा ५५ हजार राशिको फुटबल प्रतियोगिता हुने भएको छ । जिल्ला फुटबल संघ रोल्पाको आयोजनामा यहि पुषको १८ गते देखी २१ गते सम्म रोल्पा लिबाङको टुडिखेलमा नाइन ए साइड फुटबल प्रतियोगिता हुने बताइएको छ । सोमबार जिल्ला फुटबल संघ रोल्पाले सदरमुकाम लिबाङमा पत्रकार सम्मेलन मार्फत यस्तो कुरा सार्वजनिक गरेको हो ।

कुल २ लाख ८१ हजार १ सय १० रुपैया अनुमानित लागतमा कार्यक्रम हुन लागेको जिल्ला फुटबल संघ रोल्पाका कार्यवाहक अध्यक्ष पृथ्बी विक्रम डाँगीले जानकारी दिनुभएको छ ।

- Advertisement -
Ad image

जस्को प्रथम पुरस्कार रु ५५ हजार ५ सय ५५ रुपैया, द्वितिय पुरस्कार रु ३३ हजार ३ सय ३३ रुपैया र सेमिफानलिस्ट २ टिमलाई ११ हजार १ सय ११ रुपैया गरि २ टिमलाई २२ हजार २ सय २२ रुपैंया पुरस्कार प्रदान गरिने समेत पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

रोल्पा जिल्ला भित्रका खेलाडीहरुको टिमले मात्र सहभागिता जनाउन पाउने प्रतियोगितामा कम्तीमा १० टिमको सहभागिता रहने आयोजकको अनुमान रहेको छ । प्रतियोगितामा रोल्पा जिल्ला भित्रको खेलाडीहरुको मात्र टिमले सहभागिता जनाउन पाउने नियम भए पनि एक टिममा बढीमा चार जना सम्म जिल्ला बाहिरका खेलाडीहरुलाई पनि सहभागिता जनाउन पाउने नियम बनाएको समेत जिल्ला फुटबल संघ रोल्पाका कार्यवाहक अध्यक्ष पृथ्बी विक्रम डाँगीले बताउनु भएको छ ।

आयोजित खेलमा कुनै बिबाद नहोस भनेर खेल खेलाउनको लागी एनफाबाट लाइसेन्स प्राप्त रेफ्रीलाई लिन लागेको बताइएको छ । खेलमा सर्वाधिक गोलकर्ता, अनुशासित खेलाडी र टिमलाई समेत पुरस्कार सँगै ट्रफि र प्रमाण पत्रको व्यवस्था गरिएको छ ।

पत्रकार भेटघाट कार्यक्रममा जिल्ला स्थित बिभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार जिल्ला फुटबल संघ रोल्पाका पदाधिकारी लगाएबको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array