Ad image

तमु ल्होसार २०८० रोल्पामा पनि बिविध कार्यक्रमको आयोजना गरि मनाइयो

मालश्री खवर
मालश्री खवर १५ पुष २०८०, आईतवार
5 Min Read
Aa

लोकेन्द्र चन्द, पुष १५ गते लिबाङ रोल्पा ।
तमुहरुको महान राष्ट्रीय पर्व तमु ल्होसार २०८० अबसरमा रोल्पामा पनि बिविध कार्यक्रमको आयोजना गरिएको छ । तमु ह्युंल छोंज धिं गुरुङ राष्ट्रिय परिषद जिल्ला शाखा रोल्पाको आयोजना तथा रोल्पा नगरपालिका कार्यालय र रोल्पा नगरपालिका वडा न.४ वडा कार्यालयको सहयोगमा कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

सम्पुर्ण तमुहरु एक होऔं, भाषा सस्कृतिको जगेर्ना गरौं भन्ने मुल नाराको साथमा आयोजना गरिएको उद्धघाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समिती रोल्पाका प्रमुख सिता आचार्य रहनु भएको थियो । कार्यक्रमको बिशिष्ट अतिथिहरुमा रोल्पा नगरपालिका उपमेयर गिता आचार्य, तमु ह्युंल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय सदस्य हिरा घले गुरुङ, लुङ्ग्री गाँउपालिका उपाध्यक्ष दिल कुमारी गुरुङ र प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिती रोल्पाका प्रमुख सिता आचार्यले गुरुङ समुदायहरुलाई नँया बर्षको शुभकामना व्यक्त गर्दै, गुरुङ समुदायहरुको लागी राज्यले ठुलो लगानी गरेको बताउनु भएको छ । रोल्पा नगरपालिका वडा न. ४ गुरुङ गाँउमा राज्यले स्थापना गरिदिएको सामुदायिक भवन तथा संग्रालयको संरक्षण गर्नको लागी सुझाव दिनु भएको छ । राज्यको लगानीमा स्थापना भएका यँहाका संरचनाहरुको प्रयोग गर्ने र संरक्षण गर्ने जिम्मा पनि स्थानिय समुदायको हुने कुरा बताउदै प्रमुख आचार्यले बाहिरको मान्छे आएर यँहा निमार्ण भएको संरचनाहरुको मर्मत संभारको चिन्ता र चासो राख्नु दुःखद कुरा भएको समेत बताउनु भएको छ । राज्यद्धारा निमार्ण गरिएका सबै संरचनाहको संरक्षण,मर्मत संभार र जग्रेना गर्नको लागी आजै बाट सबै स्थानियहरु एक भएर लाग्न पनि समन्वय प्रमुख सिता आचार्यले सबैलाई आग्रह गर्नु भएको छ ।

- Advertisement -
Ad image

कार्यक्रमका बिशिष्ट अतिथी रोल्पा नगरपालिका उपमेयर गिता आचार्यले आफ्नो समुदायको पुर्खा देखि मान्दै आएको एकले अर्काको संस्कार र सस्कृतीलाई सम्मान गर्नु पर्ने बताउनु भएको छ ।

कार्यक्रमको अर्का बिशिष्ट अतिथी तमु ह्युंल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय सदस्य हिरा घले गुरुङले गुरुङ समुदायहरुलाई नँया बर्षको शुभकामना व्यक्त गर्दै पछिल्लो समय रोल्पामा पनि तमु ल्होसारको अवसरमा हरेक बर्ष भव्य कार्यक्रम गरेको भन्दै तमु ह्युंल छोंज धिं गुरुङ राष्ट्रिय परिषद रोल्पालाई धन्वाद समेत दिनु भएको थियो ।

त्यस्तै कार्यक्रमका अर्का बिशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले गुरुङ गाँउमा राज्यले ठुलो करोडौंको लगानी गरे पनि स्थानीयले राम्रो सँग संरक्षण गर्न नसकेको भन्दै दुःख व्यक्त गर्नु भएको छ । गुरुङ गाँउमा निमार्ण भएको सामुदायिक भबनको राम्रो सँग मर्मत संभार र संरक्षण गर्नु पर्ने, होम स्ट्रेलाई राम्रो सँग सञ्चालन गरेर रोल्पा सदरमुकाम आउने सबैलाई एक पटक गुरुङ गाँउ पुगे पछि यो लोक्कल स्वाद लिन मिल्छ भन्ने बनाउन समेत स्थानियलाई आग्रह गर्नु भएको छ ।

तमु ह्युंल छोंज धिं गुरुङ राष्ट्रिय परिषद जिल्ला शाखा रोल्पाका अध्यक्ष महेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्थित जन प्रतिनिधीहरु, बिभिन्न सरकारी गैरसरकारी कार्यालयको प्रमुख प्रतिनिधीहरु, पत्रकार, शिक्षक बिद्यार्थि लगाएतको आतिथ्यता रहेको थियो । उद्धघाटन कार्यक्रममा स्थानिय कलाकार र बागेश्वरी आधारभुत बिद्यालयका बिद्यार्थिहरुले नृत्य सँगै पिटी प्रर्दशन पनि गरेका थिए । तमु ल्होसारकै अवसरमा तमु ह्युंल छोंज धिं गुरुङ राष्ट्रिय परिषद जिल्ला शाखा रोल्पाले र आफ्नो जन्मदिनको अवसरमा रोल्पा नगरपालिका उपमेयर गिता आचार्यले रोल्पा नगरपालिका वडा न. ४ गुरुङगाँउमा रहेका ७० बर्ष माथिका सबै बयबृद्धहरुलाई दोसल्ला ओडायर पोषिलो खाने कुरा प्रदान गरि सम्मान समेत गरिएको थियो । कार्यक्रमको अवसरमा कुर्सि डौड, गोवडा फुटाई लगाएतको प्रतियोगितात्कम कार्यक्रमको पनि आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । गुरुङगाँउ सामुदायिक होम स्ट्रेका अध्यक्ष हरिजङ गुरुङको स्वागत मनतव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन तमु ह्युंल छोंज धिं गुरुङ राष्ट्रिय परिषद जिल्ला शाखा रोल्पाका सचिव प्र्रबिन गुरुङले गर्नु भएको थियो ।

तमुहरुको महान राष्ट्रीय पर्व तमु ल्होसार २०८० अबसरमा रोल्पा गुरुङगाँउ लगाएत जिल्लाको गुरुङ समुदायहरु बसोबास गर्ने जिल्ला भित्रका सबै इकाई कमिटीहरु बडाचौर, किलाचौर, हार्जङ, छहरेखुङ, खुमेल, थबाङ, बाइगांउ लगाएतका स्थानहरुमा पनि बिविध औपचारीक कार्यक्रमको आयोजना गरि मनाइएको तमु ह्युंल छोंज धिं गुरुङ राष्ट्रिय परिषद जिल्ला शाखा रोल्पाले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिएको छ ।

     

प्रतिक्रिया दिनुहोस्

Array