Ad image

स्वयंमसेविकाको लागि आधारभुत आँखा स्वास्थ्य तालिम होलेरीमा सम्पन्न

मालश्री खवर
मालश्री खवर १५ पुष २०८०, आईतवार
1 Min Read
Aa

मालश्री खबर, पुष १५ गते रोल्पा 

सामुदायिक स्वास्थ्य स्वयंमसेविकाको लागि आधारभुत आँखा स्वास्थ्य तालिम होलेरीमा सम्पन्न भएको छ ।

रुन्टीगढी गाउँपालिका भित्र सबै वडाहरुका स्वास्थ्य स्वयंमसेविकाहरुका लागि पुष १२ र १३ गते आधारभुत आँखा स्वास्थ्य अभिमुखिकरण तथा तालिम शुक्रबार होलेरीमा सम्पन्न भएको हो ।

२ दिन सम्म संचलन भएको तालिममा १२ गते २७ जना र १३ गते २३ जना गरी जम्मा ५० जना सामुदायिक महिला स्वास्थ स्वयंसेविकाहरुलाई आधारभुत आँखा स्वास्थ्य तालिम प्रदान गरिएको बताइएको छ ।

- Advertisement -
Ad image

तालिममा सहभागी सामुदायिक महिला स्वास्थ स्वयंसेविकाहरुले आफ्नो वडामा भएका आँखाका बिरामीहरूलाई दृष्टि परिक्षण तथा आँखा सामान्य÷असामान्य भएको जाँच गरी दृष्टि कमजोर भएका र आँखामा समस्या भएका बिरामीहरुलाई तिलगंगा सर्जिकल आँखा केन्द्र लिवाङमा पठाउनु हुनेछ ।

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा सर्जिकल आँखा केन्द्र रोल्पाको आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पा तथा उपशाखा होलेरी रोल्पाको समन्वय, द फ्रेड हलोज फाउन्डेसन -The Fred Hollows Foundation _ को आर्थिक सहयोगमा कार्यक्रम भएको सामुदायिक आँखा केन्द्र रोल्पाका प्रमुख खडक भाटले मालश्री खबरलाई जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

Array